श्री गणेश चतुर्थी पूजाको भव्य जितपुरमा
स्पर्श खबर जितपुर बारा भदौ ११ गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा लाग्दै आएको १८ श्री गणेश चतुर्थी पूजा आजदेखि सुरु हुने भएको छ। आयोजक श्री सिद्धि विनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा भव्य रुपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती घोडा र बाजागाजा सहित शोभायात्रा निकालेर पूजाको सुरुवात गरिने समितिले जनाएको छ। समितिका अध्यक्ष श्रीराम शाह कानुका अनुसार गत वर्षभन्दा यसपटक १० किलो बढी लड्डु थपेर २६१ किलोको लड्डु बनाएको छ। प्रत्येक दिन पूजामा ५० किलो लड्डु प्रसाद स्वरूप वितरण गरिने उपाध्यक्ष जयसागर सनिल जानकारी दिए। उनका अनुसार यो वर्ष पूजामा करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ। पाँच दिनसम्म निरन्तर चल्ने पूजामा दैनिक भक्तिमय गीत संगीत र भजन किर्तन हुनेछन्। राति ११ बजेसम्म पूजामा मनोरञ्जनका लागि झुलुवा पिङ ड्रागन पिङ लगायतका सुविधा उपलब्ध गराइने सचिव अशोक दासले बताए। हालसम्म करिब ५ लाख रुपैयाँ बराबरको साङ्गोरी सहित नगद जनसङ्घन भएको समितिले जनाएको छ।