प्रहरीद्वारा १७ हजार ४०० क्यासुल लागुऔषध ट्रामाडोलसहित सात जना पक्राउ

प्रहरीद्वारा १७ हजार ४०० क्यासुल लागुऔषध ट्रामाडोलसहित सात जना पक्राउ

भरतपुरको पारस बसपार्कस्थित न्यु धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट मंगलबार १७ हजार ४०० क्यासुल ट्रामाडोलसहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

पक्राउ पर्नेमा माडी नगरपालिका–१ बस्ने २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका–५ बस्ने २१ वर्षीय शान्ती गुरुङ, पर्साको ठोरी गाउँपालिका–२ टाउन बस्ने २१ वर्षीय विनायक तामाङ, भन्ज्याङ बस्ने २५ वर्षीय सूर्य लामा, सोहि ठाउँ बस्ने १८ वर्षीय प्रदिप लामा, २४ वर्षीय प्रदिप न्यौपाने र भारतको बिहार राज्य पश्चिम चम्पारण बस्ने २४ वर्षीय आर्यन कुमार रहेका छन् ।