कार्यदक्षता मूल्याङ्कन २०८२” अन्तर्गत जिल्ला प्रहरी काठमाडौंको अनुगमन तथा निरीक्षण

कार्यदक्षता मूल्याङ्कन २०८२” अन्तर्गत जिल्ला प्रहरी काठमाडौंको अनुगमन तथा निरीक्षण

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको मूल्याङ्कन टोलीबाट जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण भएको छ ।

निरीक्षण क्रममा परिसरमा रहेका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाएका रणनीति र प्राप्त उपलब्धिहरू, श्रोत साधनहरूको उपयोग र व्यवस्थापन, प्राविधिक तथा सूचना–प्रविधि सम्बन्धी प्रयोग, मानव स्रोतको क्षमता अभिवृद्धि र व्यवस्थापन, प्रशासनिक दक्षता तथा आन्तरिक नियन्त्रण प्रणाली लगायतका पक्षमा जानकारी लिइएको थियो । साथै, विपद्द व्यवस्थापन न्यूनीकरण, अपराध अनुसन्धानमा अपनाइने नविनतम् प्रविधि, समुदाय–प्रहरी साझेदारी, अपराध निवारणका लागि सञ्चालन भइरहेका जनचेतनामूलक कार्यक्रम तथा पीडित मैत्री सेवाहरूको अवस्थाबारे पनि प्रत्यक्ष अवलोकन गरिएको थियो ।