स्पर्श खबरको प्रभावले जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले पत्रचार , बैठक गरे।
स्पर्श खवर जितपुर बारा साउन १७ गते:
स्पर्श खबरको प्रभावले जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले पत्रचार गरे। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको बैठक शुक्रबार जितपुरमा सम्पन्न भएको छ। अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षमा बसेको बैठकले स्थापना दिवस मनाउने अधिवेशन तथा साधारण सभाको मिति र निर्वाचन कार्यतालिका तय गर्ने कार्यसमितिको म्याद थप विधान संशोधन तथा भौगोलिक आधारमा आरक्षण सिट निर्धारण लगायतका महत्वपूर्ण विषयमा छलफल गरी विभिन्न निर्णयहरु गरेको छ। बैठकले सङ्घको स्थापना दिवस श्रवण २० गते मनाउने निर्णय गरेको छ। उक्त अवसरमा सङ्घको परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने र नवनिर्मित सभाहलको समुद्घाटन समेत गरिने जानकारी दिएको छ। संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विधि अनुसार कार्यसमितिको निर्वाचन भादो २८ गते गर्न प्रस्ताव गरेपनि समय अपुग हुनुका साथै नजिकै गरेको दशैँ तिहार छट जस्ता प्रमुख चाड पर्वहरुलाई मध्यनजर गर्दै निर्वाचन मिति अर्को बैठक मार्फत टुङ्गो लगाउने निर्णय भएको बताएको छ। बैठकले लेखा परीक्षण विधान संशोधन तथा संस्थाको नवीकरण गर्ने निर्णय समेत गरेको छ। त्यस्तै नेपाल उद्योग वाणिज्य सङ्घ महासङ्घको संशोधन विधानअनुसार संघको कार्यसमिति पदावती ३ वर्षबाट हटाएर दुई वर्ष काम गर्ने निर्णय भएको छ। महासङ्घको नयाँ व्यवस्था अनुसार दुईजना महिला उपाध्यक्ष रहने प्रावधान अनुसार संघको विधानमा संशोधन गरी एक जना महिला उपाध्यक्षको निर्वाचन गर्ने निर्णय पनि गरिएको छ।


