स्पर्श खबर जितपुर बारा असार १८ गते:
जगदम्बा उद्योगभित्र ठूलो मानवीय क्षति भएको आशंकामा आक्रोशित स्थानीय बासिन्दाले उद्योग परिसर घेराउ गरेकाे थियोे ।केही समय स्थानीयले सडक बन्द समेत गरेको थियोे ।
जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरास्थित रहेको जगदम्बा स्टील उद्योगमा राति भएको शक्तिशाली विस्फोटपछि स्थिति तनावपूर्ण बनेको छ।
उद्योगभित्र ठूलो मानवीय क्षति भएको आशंकामा आक्रोशित स्थानीय बासिन्दाले उद्योग परिसर घेराउ गरेका छन् भने उद्योग बाहिर एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ।
राति करिब ९:०० बजे उद्योगको भट्टीमा भएको विस्फोटको आवाजले सिमरा क्षेत्र वरिपरि नै थर्किएको थियो।
उद्योग प्रशासनले हालसम्म एक जना भारतीय मजदुर मात्र घाइते भएको दाबी गरे पनि स्थानीयले यो कुरा पत्याएका छैनन्।
विस्फोटको प्रकृति र त्यसपछिको अवस्था हेर्दा ठूलो हताहती भएको हुन सक्ने भन्दै उनीहरूले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।बारा सिडियाे बसन्त अधिकारीका अनुसार समान्या रहेको र एकजना मजदुर घाइते रहेको बताए ।
घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, डिएसपी वेद प्रकाश जोशीले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए।


