जितपुर बारा ९बैशाख:भारतकाे जम्मु-काश्मीरकाे पहलगाममा मंगलबार आतंकवादीहरुकाे आक्रमण मा २६ भन्दा बढी मानिस मारिएका छन्।
जम्मु-काश्मीरकाे पर्यटकीयस्थल पहलगाममा पर्यटकहरु घुमफिर गरिरहेका बेला ५/६ जनाकाे संख्यामा आएका हतियारधारीहरुले अन्धाधुन्ध गाेली चलाउँदा अहिलेसम्म २६ जना मारिएको खबर प्राप्त भएको भारतीय मिडियामा समाचारहरु सम्प्रेषण भइरहेका छन्।उक्त आक्रमणमा मारिनेमा दुई जना विदेशी पर्यटकपनि छन्।
आतंककारीहरुकाे आक्रमणमा गाेली लागेर १० भन्दा बढी मानिस घाइते पनि भएका छन्।
आतंककारीहरुले पर्यटकहरुसंग उनिहरुकाे धर्म साेध्दै गाेली हानेर हत्या गरेकाे भारतीय मिडियाले जनाएका छन्।
घट्नास्थलमा अहिलेपनि भारतीय सुरक्षाकर्मीकाे सर्च अप्रेशन जारी छ ।


