जितपुरसिमराका  सामुदायिक विद्यालय रित्तै

जितपुरसिमराका  सामुदायिक विद्यालय रित्तै

मनाेज शाह जितपुर बारा बैशाख ९ गते । जितपुरसिमराका  विद्यालयमा अहिले कुनै पनी किसीमको गतिविधि भएको छैन । नयाँ भर्नाको अवधिमा यसरी विद्यालयनै बन्द अवस्थाम छ । जितपुरसिमरा

उपमहानगरका शिक्षा महाशाखा प्रमुख शिव प्रसाद साहका अनुसार शिक्षक आन्दोलनकै कारण भर्ना सम्वन्धि कुनै पनी गतिविधि नभएको हो । अन्य वर्ष यो समय विद्यालयमा विद्यार्थी भर्ना धमाधम भईरहेको अवस्था थियो तर यस पटक शिक्षक आन्दोलका कारण नगरका विद्यालयहरु सुनसान देखिएको छ ।

महानगरका शिक्षकहरुले विद्यालय शिक्षा विधेयक २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक माग पुरा नभएसम्म विद्यालयमा भर्ना लगायत कक्षा संचालनसम्मको कुनै गतिविधि गर्न नदिने जानकारी गराएको साहले बताए ।

महानगका शिक्षकहरु सबै अहिले काठमान्डौमा जारी शिक्षक आन्दोलनमा छन् । उक्त आन्दोलन २१ दिन देखि जारी छ । उपमहानगरका विद्यालयका प्रधानध्यापकहरु भन्छन् जतिसक्दो सरकारले शिक्षको माग पुरा गर्दछ, त्यतिनै छिटो विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन संचालन हुन्छ । सरकारले शिक्षकहरुको माग लाई पुरा नगर्दा आज देशभरीकै  समुदायिक  विद्यालयमा पठनपाठन बन्द भएको उनीहरुको भनाई छ । प्रधानध्यापकहरु भन्छन् विद्यार्थीको पठनपाठन र भर्नामा यो आन्दोलनले प्रभाव त पारिरहेको छ यो कुरा सरकारले पनी बुझ्‌नु पर्ने हो ।जितपुर   मा.वि. का प्रधानध्यपक राजु कुमार सिंह    समेत आन्दोलनमै छन् । उनका अनुसार वैशाख १५ गते सम्ममा सरकारले शिक्षकको माग सम्वन्धि केहि निर्णय लिनसक्ने सम्भावना रहेको छ । विद्यालय बन्द भई विद्यार्थीको पठनपाठनमा परिरहेको असर हामीले बुझेका छौ त्यसैले आन्दोलनकै कारण पाठ्यक्रम सक्न ढिलाई भए, विद्यालयले पाउने हिउँदे विदा र बर्खे विदा काटेर भएपनी पठनपाठनलाई निरन्तरता दिईने उनको भनाई छ ।

शिक्षकहरुको मागपुरा नभए कक्षा १२ को परीक्षामा समेत सहयोग नगर्ने जितपुरसिमराका

शिक्षकहरुको भनाई छ । यता अभिभावकहरु बालवालिकालाई भर्ना गराउने भन्दै दैनिक विद्यालयको बन्द गेट देखे र र्फकने गरेका छन् । अभिभावकमा दिन प्रति दिन विद्यालयमा भर्ना र पठनपाठन नहुदा चिन्ता बढ्दै गएको छ । उपमहानगरका विद्यालयमा केहिवर्षदेखि विद्यार्थीहरु आकर्षण बढिरहेकोबेला अब को अवस्थाले अभिभावहरुको सामुदायक विद्यालय प्रतिको विश्वास घट्दै जाने देखिएको छ । शिक्षक आन्दोलनको फाईदा अहिले निजि विद्यालयहरुलाई भएको छ । सामुदायक विद्यालयमा भर्ना अभियान रोकिएको समयमा निजी विद्यालयमा भने धमाधम भर्ना भईरहेका छन् ।