मधेस प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गु्प्ताले लिए सपथ

मधेस प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गु्प्ताले लिए सपथ

स्पर्श खबर जितपुर बारा बैशाख ५ गते:

सिमराः नेकपा एमालेका युवा नेता शिवजी गुप्ताले मधेस खेलकुद परिषद्को सदस्य सचिवको सपथ ग्रहण गरेका छन् । गुप्ताले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।

गुप्तालाई मुख्यमन्त्री सतिशकुमार सिंहले सथप ग्रहण गराएका थिए । मधेश प्रदेश सरकारको चैत १९ गतेको मन्त्रीपरिषद् बैठकले गुप्तालाई मधेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

वीरगन्ज महानगरपालिका १५ घर भएका गुप्ता नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव समेत हुन् ।