स्पर्श खबर जितपुर बारा बैशाख ५ गते:
आईजीपी दिपक थापाद्वारा जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा प्रदान गर्न निर्देशन
प्रहरी महानिरीक्षक दिपक थापाले व्यवसायीक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समय सापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सभाहलमा प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था, विश्वास एवं अपेक्षा बढ्दै गईरहेको तथा जनता र प्रहरी सहयात्री भएकोले नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न निर्देशन गर्नुभएको छ ।
संगठनको सुदृढीकरण र शुद्दिकरणमा आफुले जोड दिईरहेको बताउदै प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग भएकाले कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने र निती विपरित जाने छुट नभएको स्पष्ट पार्नुभएको छ ।


