नेकपा एमालेको जीतपुरसिमरा नगर कमिटीको जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा उद्घाटन भएपनि नेतृत्वको बिषयमा सहमती हुन नसक्दा अधिवेशन लम्बिरहेको छ ।
अधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले युवा नेता हिरा बस्नेतलाई अबको नेतृत्व दिनुपर्ने बताइरहेका छन् भने नगन्य प्रतिनिधिहरू अन्य नेताको पक्षमा छन् । यस्तो परिस्थितिमा नेतृत्व भने कसरी सहमती गर्ने भन्ने अन्योलमा छ ।
बिहीबार बेलुकाबाटै आकाक्षीहरूसंग छलफल गर्ने कामलाई नेताहरूले तिब्रता दिइरहेका छन् ।
शुक्रबार बेलुकासम्म आइपुग्दा ४ जना आकाक्षी देखिएकोमा नेताहरूसंगको छलफलपछि २ जना ब्याक भएको स्रोतले बताएको छ ।
‘हामी राजनीतिक हैसियतका लागि होइन, नगरको परिवर्तनका लागि प्रतिस्पर्धा गरिरहेका छौं।’ भन्ने बस्नेत भने अबका बलिया दाबेदारका रूपमा देखिएका छन् ।युवाहरू माझ लोकप्रिय बस्नेत पाका पुस्तालाई सम्मान गरेर अगाडी बढ्न चाहान्छन् ।
पाका पुस्ताको अनुभवलाई समेटेर युवाहरूसंगै नगरको विकाश र समृद्धिका लागि काम गर्ने हिरा बस्नेत बताउछन् ।


