काठमाडौं । राजावादीहरुले प्रदर्शन उग्र बनाएपछि प्रहरीले चलाएको गोली लागेर घाईते एक प्रदर्शनकारीको मृत्यू भएको छ ।
मृत्यू हुनेमा कीर्तिपुुरका सबिन महर्जन छन् । उनको मृत्यू भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए ।
उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।


