सार्वजनिक जग्गा संरक्षणमा वडा नं. ७ का वडाध्यक्ष गुप्ताको प्रभावकारी नेतृत्व,नगरप्रमुखले गरे प्रसंशा
मनाेज शाह जितपुर बारा चैत १५ गते। :सार्वजनिक जग्गा संरक्षण र विकासमा जीतपुरसिमरा उपमहानगरपालिकाको उल्लेखनीय प्रगति गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण, सडक विस्तार, र विकास निर्माणका कार्यहरूमा उल्लेखनीय प्रगति हासिल गरेको नगरप्रमुख राजन पौडेलले बताउनुभयो । नगरप्रमुख राजन पौडेलले ११औं नगरसभामा सम्बोधन गर्दै विशेषगरी वडा नं. ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको जग्गा संरक्षणमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्नुभयो।
त्यसैगरी, वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ११ का वडाध्यक्ष बिन्दालाल साह, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु चौधरी, वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी, र वडा नं. १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सडक विस्तार, साइड क्लियर गर्ने, तथा विकास निर्माणका विभिन्न कार्यहरूमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँहरूलाई विशेष धन्यवाद ज्ञापन गरियो।
नगरप्रमुख पौडेलले वडा नं. ८ र वडा नं. २० लगायतका वडाध्यक्षहरूले सम्पर्क मार्ग र सघन सहरी विकास योजनाहरूमा खेलेको भूमिकाको समेत उच्च मूल्यांकन गर्नुभयो। साथै, स्वास्थ्य, शिक्षा, तथा अन्य क्षेत्रका पूर्वाधार निर्माणमा जनप्रतिनिधिहरूको योगदानप्रति आभार व्यक्त गर्नुभयो।
नगरसभामा प्रमुख योजनाहरूको प्रगतिबारे जानकारी दिँदै नगरप्रमुख पौडेलले नगरवासीहरूलाई निरन्तर सहयोग गर्न आग्रह समेत गर्नुभयो।यता जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ताले सार्वजनिक जग्गा संरक्षण गर्न खोज्दा उहाँ माथी मुद्दा दर्ता लेखी लिएर पक्राउ पुर्जी समेत जारी भएको थियो ।पक्राउ पूर्जी जारी हुँदा समेत वडाध्यक्ष गुप्ता सार्वजनिक जग्गा संरक्षणमा पछाडि नहटे पछि सार्वजनिक जग्गा संरक्षणमा वडाध्यक्ष गुप्ताको उल्लेखनीय योग्दान रहेको छ ।