जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय

कैलाली । यहाँको एक जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय रहेको पाइएको छ।

घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब एक हप्तादेखि भारत, चीन, अमेरिकालगायत १५ देशका १५० बढी नागरिकहरु रेन्बो फेमली ग्यादरिङ नाम दिएर सामूहिक रुपमा बसिरहेका छन्।

आफूहरुलाई प्रकृतिप्रेमी बताउने उनीहरुले वन क्षेत्रमा बसेर अर्धनग्न हुने, अस्वाभाविक गतिविधि देखाउनेजस्ता गुनासो स्थानीयले गरेका छन्। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि उनीहरुलाई २४ घण्टाभित्र सो क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।

सुरक्षा निकायसहितको टोलीले स्थलगत निरीक्षण गरी उनीहरुलाई जंगल क्षेत्र छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए। निर्देशन नमाने कानुनी कारबाही अघि बढाउने उनको भनाइ छ।सभार चेरवत्न खबर । यो समूह केही समयअघि अछामको रामारोशन क्षेत्रमा समेत पुगेको बुझिएको छ।