मनाेज शाह जितपुर बारा फाल्गुन २६ गते:
जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सह सचिव शान्तीराज प्रसाँई आउँनुभएको छ । पुराना प्रमुख प्रशासकीय अधिकृत उप सचिव उर्मिला काफ्ले रमाना लिएर बेपत्ता छानविन आयोगमा हाजिर भइसकेपछि उहाँको ठाउँमा प्रसाँई आउँनुभएको हो ।
प्रसाईलाई नगर प्रमुख राजन पौडेल, उप प्रमुख भोला प्रसाद अधिकारी , वडा अध्यक्षहरू र नगरका कर्मचारीहरूले न्यानो स्वागत गरका छन् । नगर प्रमुख पौडेलले खादा र डायरी दिएर आफनो कार्यकक्षमा स्वागत गरेका थिए ।