सात महिनामा १६ अर्ब ७९ करोडको औषधि आयात

पर्सा —वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा उल्लेख्य रूपमा एलोपेथिक औषधि आयात भएको छ । साउनदेखि माघसम्मको सात महिनाको अवधिमा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि भारत तथा तेस्रो मुलुकबाट आयात भएको हो वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षमा एलोपेथिक औषधिको आयात १७ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको थियो । तुलनात्मक रुपमा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको छ ।नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतम स्वदेशी औषधिले देशको कूल औषधि बजारको झन्डै ६० प्रतिशत हिस्सा ओगटे पनि अझै ४० प्रतिशत बजार विदेशी औषधिकै रहेको बताउँछन् ।सभार कान्तिपुर दैनिक । नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतम स्वदेशी औषधिले देशको कूल औषधि बजारको झन्डै ६० प्रतिशत हिस्सा ओगटे पनि अझै ४० प्रतिशत बजार विदेशी औषधिकै रहेको बताउँछन् ।