जितपुर ट्राफिक प्रहरीद्वारा सबै चेकजाँचमा कडाई

ट्राफिक प्रहरीद्वारा सबै चेकजाँचमा कडाई
मनाेज शाह जितपुर बारा फाल्गुन १३ गते:
अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुरका सहायक निरीक्षक कासिन्द्र यादवको नेतृत्वमा सवार साधनको चेकजाँचलाई कडाइ गरिएको छ । ट्राफिक नियमको उल्लङ्घन रोक्न तथा सुरक्षित यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी टोलीले दैनिक रुपमा अनुगमन गर्दै जरिवाना तथा कारबाही प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरीले जितपुर बजार र आसपासका निश्चित क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकललाई, अटोरिक्सा, ट्रक, पिकअप भ्यान, बस ,लगायतका सवारी साधनहरुलाई कारवाही गरिएको छ। बिल बुक तथा चालक अनुमतिपत्रको अनिवार्य चेक जाँच गर्नुका साथै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियम लागू गरिएको जनाएको छ। ट्राफिक प्रहरीको टोलीले विद्यालय बसमा क्षमताभन्दा बढी विद्यार्थी खोज्न नपाइने तथा यात्रुवाहक बसमा सिटभन्दा बढी यात्रु राख्न पाइने नियम पालन गराउन पनि निर्देशन दिएको छ। ट्राफिक निरीक्षक यादवले नियम उल्लङ्घन गर्ने चालकलाई सम्झाई बुझाई छोडिएको तर पूर्ण गल्ती गरेमा जरिवानासहित हुने चेतावनी दिनुभएको छ