जितपुरबाट हराएका बालक अशं चौधरीको शव १० दिनपछि कियासाेति खोलामा फेला
मनोज शाह जितपुर बारा माघ २७ गते:
जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत अवस्थामा भेटिएका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को बीचमा रहेको टेढारोडको कियासाेति खोलामा बालकको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले बिहानदेखि कियासाेति खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो। खोजी गर्दै जाँदा बालकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो। पानीमा डुबेको अवस्थामा भेटिएका बालकको शव सुनिएको छ ।उनको मृत्यु कहिले र कसरी भयो भन्ने खुल्न सकेको छैन। प्रहरी टोलीले बालककाे शव परीक्षणका लागि कलैया अस्पताल पठाइएको छ। प्रहरी नायब उपरीक्षक वाइवाले शव परीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण खुल्ने जानकारी दिनुभएको छ। बालक भेटिएको स्थान जितपुर चोकबाट करिब आधा किलोमिटर पश्चिमतर्फ पर्दछ। १० दिनअघि हराएका बालकलाई सिसिटिभी फुटेज सोही क्षेत्रको वरिपरि हिँडिरहेको अवस्थामा देखिएको थियो। धेरै दिन बितिसक्दा पनि बालकको अवस्था पाता लाग्न नसकेपछि प्रहरीले खोलामा डुबेको हुनसक्ने आशंकामा खोजी थालेको हो। प्रहरीले यसअघि बिरगंज स्थित विपद व्यवस्थापनमा रहेका तालिम प्राप्त कुकुर ल्याएर सो क्षेत्रमा बालकको खोजी समेत गरेको थियो। तालिम प्राप्त कुकुर खोला नजिकको सोही सडक हुँदै पश्चिमतर्फ गएको थियो। रौतहटको दुर्गा भगवती गाउँपालिका १ घर भएका रितेश चौधरी र अन्जली चौधरीले छोरा अंशलाई करिब डेढ महिनाअघि जितपुर स्थित मामाघर पठाएका थिए । पाँच महिनाअघि छोरीलाई जन्म दिएकी अन्जलीले दुई बच्चालाई एकसाथै स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाउनुभएको हो। मामा घरमा उनलाई हजुरआमाले रेखदेख गर्दै आउनुभएको थियो। प्राङ्गणमा खेल्दै गरेको अवस्थामा बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सिसिटिभी क्यामेरामा एक्लै दौडिरहेको अवस्थामा देखिएका थिए। घर वरपरको क्षेत्रमा खोजी गरिए पनि नभेटेपछि प्रहरीले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएदेखि इलाका प्रहरी कार्यालय सिमरा जिल्ला प्रहरी कार्यालय कलैया इलाका प्रहरी कार्यालय जितपुर प्रहरी टाेलिले बालकको खाेजि गर्दै आएको थियोे ।
जितपुरबाट हराएका बालक अशं चौधरीको शव १० दिनपछि कियासाेति खोलामा फेला
