मनाेज शाह जितपुर बारा माघ २६ गते:
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको श्रीराम साहले बताए ।
गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री महायज्ञ जीतपुरस्थित रहेको बंगालीबाबा युग धर्मआश्रम केराढोकामा हुने आयोजक समितिको अध्यक्ष संतोष कुशवाहाले बताएका छन् ।
उनले ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्रगतिमा भइरको बताउदै समितिका पदाधिकारीहरु र स्थानियहरुको भेला गरि महायज्ञको तयारीमा जुट्न समेत आग्रह गरेका अमर यादवलाई बताए ।
भेलामा आयोजक मुल समितिका पदाधिकारी, सदस्य, स्थानिय युवा एवं भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले महायज्ञको तयारीमा जुट्ने प्रतिवधता गर्दै यज्ञ सफल पार्न जीतपुरसिमराका बासी संग आग्रह गरेका थिए ।


