काठमाडौँ । भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।धनुषा प्रहरीका अनुसार मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए । मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । सभार राताेपाटी।यस्तै अरु ४ जना घाइते छन् । कुम्भ मेला सकेर फर्किने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ ।
कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु
