मनाेज शाह जितपुर बारा माघ १८ गते। बारामा पनि श्रमजिवी पत्रकारसंघको जिल्ला कार्य समिति गठन गरिएको छ ।अध्यक्ष शिवशंकर मिश्राकोअध्यक्षतामा श्रमजिवी पत्रकार संघ बाराको जिल्ला कार्यसमिति गठन गरिएको हो । बारा उद्योग बाणिज्य संघ कलैयाको सभाकक्षमा शुक्रबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य सन्जीव मिश्राको प्रमुख आतिथ्यतामा श्रमजिवी पत्रकार संघ बारा शाखाको जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा नरेश गुप्ता ,महिला उपाध्यक्षमा प्रीयंका शराफ, सचिवमा राजु चौरसीया, कोषाध्यक्ष विशाल शराफ र सहसचिवमा महेन्द्र सहनी र श्याम पासवान रहेका छन् । यस्तै सदस्यहरुमा बिनिता चौधरी,श्याम कृष्ण पाण्डेय, रन्जन कुमार राजन रहेका छन् ।
श्रमजीवी पत्रकार संघ देशकै ३४ वटा जिल्लामा अहिले गठन गरिएको र गठन हुन बाकी रहेको जिल्लामा अब चाडै श्रमजीवी पत्रकार संघ गठन गरिने श्रमजीवी पत्रकार संघले जनाएको छ । श्रमजीवी पत्रकार संघको बारा जिल्ला कार्यसमिति गठन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य सन्जीव मिश्राले सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेको ठहरसहित श्रमजीवी पत्रकार संघले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्थाको रुपमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनु भयो । श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको श्रमजीवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्राले बताउनु भयो ।
स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,’ भन्ने नारा दिएर श्रमजीवी–पत्रकार संघ, नेपाल २०७८ सालमा गठन भएको थियो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको संघको नेतृत्व जन्मदेव जैसिले गरिरहेको छ।श्रमजीवी पत्रकार संघ बारा जिल्ला कार्यसमिति गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य बृजमोहन कुशवाहा,पत्रकार भोजराज भट्टराई ,नेपाल पत्रकार महासंघ बारा जिल्लाको पूर्व उपाध्यक्ष रामबाबु मेहता ,पत्रकार सत्य बहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।