नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागर कुमार साह निर्वाचित

मनाेज शाह जितपुर बारा माघ १६ गते । नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागर कुमार साह निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको बारा सदरमुकाम कलैयामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । संगठनको उपाध्यक्षमा सुरेश प्रसाद साह , महिला उपाध्यक्षमा भावना कर्ण , सचिव पदमा रामजनम पंडित , सह–सचिवमा सुनिल कुमार साह र कोषाध्यक्षमा केशव चौहान रहनुभएको छ । समिति सदस्यहरुमा टेक बहादुर , प्रभु राम रहनुभएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा बालाराम खडका , बाबुराम घिमिरे , नविन खनाल रंजिता साहलाई चयन गरेको छ । नयाँ गठन भएको कार्यसमितिले संगठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।

अधिवेशन उदघाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका मधेश प्रदेश इन्चार्ज नौतम पोखरेल , नेकपा एमालेका प्रदेश सदस्य दिनेश्वर ठाकुर , नेपाल निजामती कर्मचारी संगठनका केन्दिूय सदस्य राजेन्द्र कुमार कार्की , कौशल किशोर झा तुलीचयन ठकुरी लगायतले मन्तव्य राख्दै नागरिकको सेवालाई प्राथमिकतामा राखेर संगठनलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।कार्यक्रमको संचालन नविन खनालले गर्नुभएको थियो ।