लागुऔषध गाजा सहित बारा बाट २ जना पक्राउ

लागुऔषध गाजा सहित बारा बाट २ जना पक्राउ

मनाेज शाह जितपुर बारा पुस ५ गते : बारा प्रहरीले लागुऔषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाट खटिएको प्रहरिको टोलिले लुकाई छिपाई झाडीमा राखेको अवस्थामा ९७ किलो लागुऔषध गाजा बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरीले चितवन बाट बिरगंज तर्फ जादै गरेको बा ११ च ७०१२ नम्बरको फोर्ड कालो ग्रे रंगको कार चेक गर्दा केही फेला परेको थिएन ।प्रहरीले केही समय पछि लुकाई छिपाई राखेको अवस्थामा गाजा राखिएको सुचना पाउन साथ उक्त गाडिलाई रोकेर गाजा आफुहरुले नै लुकाईएको चालकले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

९७ किलो लागुऔषधा गाजा सहित प्रहरीले राप्ती नगरपालिका ०२ गडौली टोल बस्ने हेम तामाङको छोरा बर्ष ३५ को बिष्णु लामा र सो गाडीमा सवार भरतपुर महानगरपालिका वडा न २४ सिधार्थ टोल बस्ने कण बहादुर गुरुङको छोरा बर्ष ४६ को टेकबहादुर गुरुङलाई पक्राउ गरेको छ ।लागुऔषध गाजा र गाडी सहित दुबै जनालाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरामा पठाईको छ।