मनाेज शाह जितपुर बारा मंसिर १७ गते
बाराको गढीमाई मेला प्रारम्भ भएसँगै विभिन्न पालिकाहरूले मेलालाई लक्षित गर्दै बिदा दिने निर्णय गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिका , कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका लगायतका स्थानीय तहले छुट्टाछुट्टै मिति तोकेर बिदा दिने घोषणा गरेका हुन् ।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काप्लेका अनुसार उपमहानगरपालिकाले बलिदानका दिन मङ्सिर २३ र २४ गते आइतबार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसै गरी, गढीमाई मेला स्थल अवस्थित महागढीमाई नगरपालिकाले मङ्सिर १६ गते सूचना जारी गर्दै मङ्सिर २१ देखि २६ गतेसम्म ६ दिन सार्वजनिक बिदा दिने जनाएको छ । यस अवधिमा नगरपालिकाका वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था, वित्तीय संस्था र सङ्घसंस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।