स्पर्श खबर जितपुु बारा साउन २ गते:
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै विश्वासको मत लिने तय भएको हो ।
ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए भने ३१ गते सपथग्रहण गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।
दुई तिहाई बहुमत भएकाले विश्वासको मत पाउने निश्चत रहेको आकंलन गर्न सकिन्छ ।