बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

मनाेज शाह जितपुर बारा असार २७ गते :

 विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य बाहिरिएको हो । 

बारा जिल्लाबाट प्रकाशित शुभ आरम्भ रास्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई बैन्किङ्ग कसुर मुद्दामा फरार भनिएका यादवले प्रहरी चौकी कचोर्वाको समाचार प्रती खेद ब्यक्त गर्दै अब उप्रान्त समाचार लेख्यो भने ठिक नहुने भन्दै धम्काएका छन । वर्दीको आडमा कमाइ खाने थल्लो बनाउन लागेका प्रहरी सहायक निरीक्षक कमलेश साहको बिषयमा समाचार सम्प्रेषण गर्दा धम्की आएको प्रकाशक अनिल पाण्डेको अडियो रेकर्डबाट प्रमाणित गरेको छ । 

सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ निवासी कमल राय यादवको छोरा धर्मेन्द्र प्रसाद यादवले पत्रकार धम्काएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकालाइ मौखिक रूपमा जानकारी गराउनुको साथै अडियो क्लिप समेत पठाएको पत्रकार पाण्डेले बताए । उनका अनुसार नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई समेत उक्त घटनाको बिषयमा जानकारी गराएको बताए । 

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकालाइ सबै सप्रमाण दिएपनी धम्की दिने धर्मेन्द्र प्रसाद यादवलाइ  नियन्त्रणमा लिन नसकिनुले प्रहरी प्रतिको कार्यशैली माथी प्रश्ण चिन्ह खडा भएको छ । प्रहरीको गलत काम कारवाहीको बिषयमा समाचार प्रकाशीत भएकै कारण प्रहरी कै संरक्षणमा पत्रकार अनिल पाण्डेलाइ धम्की आएको अडियो रेकर्डबाट प्रमानित हुन पुगेको छ । तर दोषीलाई कारवाही गर्नुको साटो उल्टै बारा प्रहरीले ढाकछोप गर्ने गरेको हालसम्मको कार्य प्रगतिले प्रष्ट पार्दछ । 

को हुन धर्मेन्द्र प्रसाद यादव ? 

सिमौणगढ नगरपालिका वडा नम्बर ९ निवासी कमल राय यादवको छोरा धर्मेन्द्र प्रसाद यादव हुन । पेशाले शिक्षक तर काम चाहिँ तस्करी । धर्मेन्द्र प्रसाद यादवले तस्कर र प्रहरी बिचको साटघाट मिलाउने अर्थात दलालको काम गर्दै आएका छन । श्रोतका अनुसार केही दिन अगाडी मात्रै एक जना अझ पत्रकारलाइ धम्की दिएर प्रहरी सङ्ग मिलापत्र गराउन सफल भएका थिए । कचोर्वा नाकाको बिषयमा समाचार संकलन गर्न पुग्ने पत्रकारलाइ धम्काउदै पत्रकारिता पेशाबाट हटाउन लगाउने, पत्रीका खारेज गराउने, कुटपिट गर्न लगाउने लगायत शब्दबाट धम्कीपूर्ण भासा प्रयोग गर्ने गरेको अडियो रेकर्डबाट स्पष्ट सुन्न सकिन्छ । 

यस बिषयमा प्रेस चौतारी नेपाल बारा शाखाको सचिव जिउत यादवको हस्ताक्षरमा निकालिएको प्रेस बिज्ञप्तिमा नेपाल पत्रकार महासंघ बारा शाखाका कार्यसमिति सदस्य एवम् बाराबाट प्रकाशित हुने शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई धर्मेन्द्र यादव बताउने एक व्यक्तिले फोनमार्फत दिएको धम्कीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारको विषयलाई लिएर संचारकर्मीलाई फोनमार्फत धम्की दिने कार्य अत्यन्त निन्दनिय छ । संचारमाध्यममा प्रकाशित भएको समाचारमा चित्त नबुझे वा गुनासो भए कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै पनि पत्रकारलाई धम्की दिने कार्य प्रेस स्वतन्त्रता माथिको प्रहार हो । पत्रकारको मनोबल खस्काउने गरी गरिएको यस्तो कार्यको घोर भर्त्सना गरका छन् ।

साथै, पत्रकारलाई समाचार नलेख्न दवाव दिँदै समाचार लेखेमा पत्रकारिता बन्द गरिदिने जस्ता शब्द प्रयोग गरी धम्क्याएको घटनामा संलग्न व्यक्तिमाथि छानविन गरी उचित कारवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसंग माग गरेका छन्।

त्यस्तै पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रेशम तिवारीले प्रहरी सहायक निरिक्षक कमलेश साहलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेका छन्। 

अध्यक्ष तिवारीको हस्ताक्षरमा जारी गरीएको बिज्ञप्ति नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार महासघंका कार्य समिति सदस्य एवम शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेले समचार लेखेकै आधारमा प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहले सरोकारनै नभएका अदालतले बैकिङ कसुरमा फरार रहेका धर्मेन्द यादबलाई प्रयोग गरी धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्  ।

महासंघका अध्यक्ष रेशम तिवारीले समचारको बिषयमा चित्त नबुझे कानुनी उपचार र अन्य उपाय हुदा हुदै पत्रकार पाण्डेलाई सुरक्षाकर्मीबाटै फरार अभियुक्तबाट धम्की दिने कार्यको घोर भत्सर्ना गर्दछौ । सुरक्षा प्रदान गर्ने सुरक्षानिकायबाट पत्रकार असुरक्षित हुनु पर्ने घटनामा तत्काल प्रहरी सहायक निरिक्षकमाथि कार्वाही र धम्की दिने यादवलाई पक्राउ गरी कार्वाही अघि बढाउन माग समेत गरेको छ ।

तत्काल कार्वाही नभए पत्रकार महासंघ कार्वाहीका लागि अन्य विकल्पमा समेत जान सक्ने अध्यक्ष तिवारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । पाण्डेको प्रकाशनमा सञ्चालित शुभ आरम्भ राष्ट्रिय दैनिकमा ईन्चार्ज साहले अनियमितरुपमा रकम असुल्दै आएको समचार प्रकाशन भएको थियो । प्रेस चाैतरी , प्रेस सेन्टर संगठनहरुकाे प्रेस बिज्ञापनति समेत आइ सकेको छ ।