महिलाको बाढीले बगाएर मृत्यु भएको छ ।

मनाेज शाह जितपुर बारा असार १८ गते:

निजगढमा गोठालो गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ ।

गाईभैसी चलाउन जंगल गएकी निजगढ नगरपालिका वडा नम्बर १३ बेसीगाउँकी वर्ष ४० कि माईलीमाया वाईवाको शव आइतवार गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको थियो । उनको शनिवार आएको बाढीले बगाएर मृत्यु भएको बताइएको छ ।

गोठालोबाट घर फर्किने क्रममा वाईवालाई खोलाको बाढीले बगाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । वाईवाको शव आइतवार निजगढ– १२ स्थित बुङ्ग्जोर नजिकै खोला बगरमा फेला परेको थियो । शनिवारदेखि सम्पर्कविहिन बनेकी वाईवाको शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।