सिम्रौनगढका व्यापारी सिंहमाथि गोली प्रहारकाे प्रयास असफल

स्पर्श खबर जितपुर बारा असार १८ गते:

sharethis sharing button

बाराको महागढीमाईमा एक व्यापारीलाई अपरिचित व्यक्तिहरुले सडकमा रोकेर गोली प्रहार गर्ने प्रयास गरेका छन् ।मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका बारा  सिम्रौनगढ नगरपालिका ६ का बिज भण्डार संचालक राजकिशोर सिंहलाई अपरिचित व्यक्तिहरुले महागढीमाई नगरपालिकाको तेलकुवानजिक कलैया सिम्रौनगढ सडकखण्डमा गोली हान्ने उद्देश्यले सोमबार साँझ पेस्तोल सोझ्याएका हुन् । 

कलैयाबाट सिम्रौनगढ फर्कने क्रममा सिंहलाई दुई मोटरसाइकलमा सवार चारजना नकाबधारीहरुले एकाएक बाटो छेकेर रोके। उनीहरुले कलैयाको हनुमान मन्दिरबाटनै सिंहलाई पछ्याउदै आएको बताइएको छ। नकाबधारीहरुले घर यकिन गर्न सिंहको घर सिम्रौनगढ हो कि होइन भनेर प्रश्न गरेका थिए तर सिंहले आफ्नो घर रौतहटको राजपुर बताएपछि उनीहरु अलमलिएका थिए ।  

हत्या योजनामा प्रयोग गरिएको हुनसक्ने सुटरहरुलाई योजनाकारले सिंह सिम्रौनगढ घर भएका व्यापारी बताएको हुनसक्ने अनुमान गरिएको छ । सभार नयाँ पत्रिका ।तर उनले ढाटेर आफ्नो घर रौतहटको राजपुर बताएपछि नकाबधारीहरुले छोडेकाे सिंहले बताए । 

नकाबधारी सुटरहरुलाई विश्वास दिलाउन सिंहले चलाखीपूर्ण रुपमा तत्काल आफ्नो साथीलाई मोबाइल फोनमार्फत आफ्नो घर राजपुरनै भएको पुष्टि गराएका थिए । उनका अनुसार सिंहले सिम्रौनगढ प्रहरीको ९८५५०४५२९९ मा फोन गर्ने बताएपछि नकाबधारीहरु भागेका हुन । उनले भने, ‘सिम्रौनगढ प्रहरीको नम्बर सुन्ने बितिकै उनीहरु त्यहाँबाट भागे ।’ यता घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। 

दुई साता अघिमात्रै बाराको आदर्श कोतवाल गाउँपालिका ३ बतरामा अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने ५० वर्षीय हरीभूषण कुशवाहाको हत्या भएको थियो भने यसअघि गत वर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्ड भनिने रुपेश सर्राफको पनि गोली प्रहार गरी हत्या गरिएको थियो ।