जितपुरमा भव्य जल्सा हुने
मनाेज शाह जितपुर बारा फागुन ५ गते:
मुस्लिम समुदायका अगुवाहरुद्वारा जितपुरमा यही फागुन १८ गतेका दिन जल्सा भब्य रुपमा गर्ने तयारी भइरहेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरकाे नसिम नगरमा मदरसा इस्लामियाको माध्यमबाट हुन लागेको जल्साकाे तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ ।
भब्य रुपमा आयोजना गर्न लागिएको जल्सामा सरिक हुने आगन्तुकहरुकाे लागि खाने, बस्ने व्यवस्था समेत गरिएको स्थानीय इरसाद अंसारीले स्पर्श खबरलाई बताए ।
महान उद्देश्यले जल्साको आयोजना गर्न लागिएको कुरा बताउँदै सो जल्सा अवधिमा दान तथा सहयोगको माध्यमबाट संकलन हुने रकमबाट जितपुर मदरसामा अध्ययन गरिरहेका अनाथ बालबालिकाहरुको लागि खाने, बस्ने सुविधासहितको भवन बनाउने उद्देश्य राखिएको स्थानीय समाजसेवी रफी अहमद अंसारीले स्पर्श खबरलाई बताए ।
भारत तथा नेपालबाट आउने मुकररिरहरुको प्रवचन सुनेर लाभ लिन समेत समाजसेवी रफी अहमद अंसारीले सम्पूर्णमा आग्रह गरेका छन् । जितपुर मदरसामा रहेका ९ जना बालबालिकाहरुले हफिजे कुरान पास गरेको मुफती अली असगरले जानकारी दिएका छन्
। जल्सालाई भव्यरुपमा सम्पन्न गर्नका लागि साथ र सहयोग गरिदिन जितपुरका सम्पूर्ण स्थानीय बासिन्दा तथा बुद्धिजीवीसँग जल्साका अध्यक्ष आयुव अंसारीले अनुरोध गरेका छन् ।

मान्छे हिँड्ने ठाउँ एक लेबल हुनु पर्ने हाे तर जहाँतहीँ असामान्य ढङ्गले तलमाथि हुने गरी फुटपाथ निर्माण भएको स्थानीय युवा सन्ताेष गुप्ताले स्पर्श खबरलाई दु:खेसाे पाेखे । यही फुटपाथको कारणले गर्दा लडेर कयौं जनाकाे हातखुट्टा भाँचिएको तथा चोटपटक लागेको पनि उनले स्पर्श खबरलाई बताए ।
अहिले जितपुरकाे सडक निर्माणको काम सम्पन्न हुने अन्तिम तयारीमा पुगे पनि सडक बिभागद्वारा निर्माण गरिएको सडक, नाला, फुटपाथ नियमविपरीत लापरबाहीपूर्ण ढङ्गले बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।