राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

सेयर गर्नुहोस्

बारा, पुस २१ गते ।

राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ ।

जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा ७२ साय दियोमा दिप प्रज्वलन गरिने छ ।

माघ ८ गते देखीनै जीतपुरको हनुमान बाटिकामा २४ घण्टे अखण्ड अष्ठजाम पुजा पनि सुरु गरिदै छ । हिन्दु धर्मवालम्बिहरु र विश्व हिन्दु परिषद नेपालको सहयोगमा विभिन्न कार्यक्रमको आयोजना गरिदै छ ।

साथै विश्व हिन्दु परिषद नेपालको जीतपुर कमिटिले जनवरी २२ अर्थात माघ ८ गतेको दिन सबैले आफ्नो घरघरमा बिजुलीको झिलिमिलि लगाएर दियोमा दिप प्रज्वलन गरेर खुसियाली मानउन आग्रह गरेको छ ।