सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सर्लाही, पुस २० गते ।

सर्लाही जिल्लाको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा बन्न लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको हो ।

विवादको क्रममा प्रहरीको गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका वडा नम्बर ६ का जयशंकर साह गम्भीर घाइते भएका थिए । गोली लागेर गम्भिर घाइते काएका साहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गोली लागेको थियो । सोही झडपमा परेर अन्य सात जना घाइते भएका छन् ।

नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालअस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आगजनी गर्न लागेपछि प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ । मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार अझै सर्लाहीको अवस्था तनावग्रस्त रहेको छ । प्रहरीले दर्जनौँ राउन्ड गोली र अश्रुग्याँस पनि प्रहार गरेको छ ।