मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

मधेस प्रदेशका जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । सो क्षेत्रको करिब नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गरिरहेको गृहमन्त्री लामिछानेले भनाई थियो । उहाँले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताउनुभयो । सभार इमेज खबर । गृहमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहो¥याउनुभयो ।

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना स्वीकृत गरिएको जानकारी दिए । स्वीकृत आवधिक योजना आगामी आर्थिक वर्षदेखि लागू हुने मन्त्री श्रेष्ठले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति, २०८१ समेत स्वीकृत गरेको छ भने आयुर्वेदिक औषधि उत्पादन संहिता तथा आयुर्वेद औषधिको लेबल स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण अध्ययन गर्ने मन्त्रिपरिषद्को निर्णय

यस्तै, बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय पनि गरेको छ । पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठानबीच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सभार नयाँ पत्रिका ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मकवानपुरको हेटौँडा, बकैया वा मनहरीसहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाका लागि अध्ययन गर्ने बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकको निर्णयअनुसार प्रदेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्ने उनले बताए ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानको ऐन कार्यान्वयनको चरणमा रहेकाले हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत रहेको बताए । विभिन्न राजनीतिक दलहरूको मागअनुसार ऐन संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अवस्था नरहेको उनको दाबी छ ।

ऐनको प्रभावकारी कार्यान्वयन गर्दै प्रतिष्ठानलाई व्यावहारिक ढंगबाट विकास गर्ने र हेटौँडा अस्पतालको स्तरोन्नति गर्ने गरी सरकार अघि बढेको उनले बताए ।

वीर अस्पतालले अमानवीय व्यवहार गरेको अभियन्ता खानको आरोप

वीर अस्पतालले अमानवीय व्यवहार गरेको अभियन्ता खानको आरोप

 

बलात्कारपछि हत्या गरिएकी सुमदरानीका लागि न्याय माग्दै आमा ललिता थारू(दायाँ) माइतीघरमा धर्नाका क्रममा, साथमा अभियन्ता रुबी खान(बायाँ) ।

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी अभियन्ता रुवी खानले चार दिन बित्दासमेत वार्डमा नसारेर आफूमाथि अमानवीय व्यवहार भएको गुनासो गरेकी छन् । काठमाडौंको माइतीघरमा आमरण अनशनका क्रममा बिरामी भएपछि उनी सोमबार अस्पताल भर्ना भएकी थिइन् ।

नेपालगन्जकी अभियन्ता खान निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाही, सुमदरानी थारूको बलात्कारपछि हत्या आरोपितलाई यथाशीघ्र पक्राउ गरी कारबाहीलगायत माग राखेर सात दिनदेखि आमरण अनशनमा छिन् । ‘अनशनको चौथो दिनदेखि अस्पतालमा भर्ना छु तर वार्डमा सारिएको छैन, बिरामीले किन अनशन बस्नुपर्‍यो जानुस् खाना खानुस् भनेर डाक्टरहरूले अमानवीय व्यवहार देखाए,’ उनले भनिन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले अस्पतालका अधिकारीले सामाजिक आन्दोलनको मर्म र पीडा नबुझेको गुनासो गरेकी छन् । आफूलाई इमर्जेन्सी बेडमा भर्ना गरिए पनि शौचालय नजिक दुर्गन्धित ठाउँमा राखेको उनले बताइन् । ‘सात दिनसम्मको भोक र प्यासको पीडा पनि नबुझ्ने ? जबकि डाक्टरलाई राम्रोसँग थाहा छ कि आमरण अनशन बसेको व्यक्ति मात्र स्लाइनपानीको भरमा बाँचेको हुन्छ,’ उनले लेखेकी छन् ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले हरेक बिरामीलाई सम्बन्धित चिकित्सकले हेर्ने भएकाले बुझेर मात्रै बताउन सक्ने बताए । ‘प्रहरीले जो पनि ल्याएर फ्यालिदिन्छ, इमर्जेन्सीमा हो भने त्यहींबाट हेरिएको होला,’ उनले भने । खानभन्दा गम्भीर प्रकृतिका बिरामी आएको खण्डमा पनि वार्ड नपाएको हुन सक्ने उनको भनाइ छ । ‘अनशन बसेपछि अटेन्सन खोज्ने पनि हुन्छन्, उहाँभन्दा सिरियस बिरामी भएकाले पनि डाक्टरले ध्यान नदिएका हुन् कि ? भोलि बिहान (शुक्रबार) बुझेर थाहा हुन्छ, साँच्चै बिरामी रहेछन् भने हेर्नै पर्ने हुन्छ,’ उनले भने ।

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीका संयोजक डाक्टर कालुसिंह खत्रीका अनुसार कुनै पनि बिरामीलाई अस्पतालले भर्ना लिनका लागि कसैले जिम्मा लिनुपर्ने भएकाले खानलाई अस्पतालले भर्ना नलिएको हुन सक्ने बताए । उनका अनुसार स्वेच्छाले खाना नखाएको मानिसलाई के औषधि चलाउने र के नचलाउने भन्ने प्रोटोकल नेपालमा बनाइएको छैन ।सभार कान्तिपु दैनिक । अस्पताल भर्ना हुन चाहने र चिकित्सकले दिएको सल्लाह पनि नमान्ने भएपछि कुनै चिकित्सकले पनि भर्ना गर्न खोज्दैन, सँगै उहाँलाई केही भइहालेमा त्यसको जिम्मेवारी कसले लिने भन्ने पनि हुन्छ,’ उनले भने ।

४३ न्यायाधीशका लागि दरखास्त आह्वान : दुई सय तीन सहभागी, आठजना उत्तीर्ण

४३ न्यायाधीशका लागि दरखास्त आह्वान : दुई सय तीन सहभागी, आठजना उत्तीर्ण

 

स्पर्श खबर जितपुर बारा  जेठ ३२ गते:

जिल्ला न्यायाधीश पदका लागि न्यायसेवा आयोगले लिएको विज्ञापनमा आठजना उत्तीर्ण भएका छन् । बिहीबार आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ४३ पदका लागि आह्वान भएको विज्ञापनमा दुई सय तीनजना सहभागी थिए ।

आयोगले आन्तरिक खुलाबाट चार, खुलाबाट सात र आदिवासी/जनजातिबाट एकजनालाई अन्तर्वार्ताका लागि छनोट भएको नामसहितको सूची निकालेको छ । त्यसमा चारजनाले आन्तरिक खुला, खुला र आदिवासी जनजातितर्फ पनि नाम निकालेका छन् ।

जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्णहरूका लागि आयोगले अन्तर्वार्ताको समय ६ र ७ असारको मिति तोकेको छ । आयोगले गत २६ माघमा गरेको विज्ञापन आह्वानअनुसार २७ देखि ३० वैशाखसम्म परीक्षा सञ्चालन गरेको थियो ।

नेपालको संविधानको धारा १४९ (२)(ख) अनुसार जिल्ला न्यायाधीशको रिक्त पदमध्ये ४० प्रतिशतमा न्यायसेवाको राजपत्रांकित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाबाट नियुक्ति सिफारिस गरिने प्रावधान छ । अर्को ४० प्रतिशतमा कानुनमा स्नातक उत्तीर्ण गरी कम्तीमा आठ वर्ष वकालत गरेका, न्यायसेवाको राजपत्रांकित श्रेणीमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुन–न्यायको क्षेत्रमा अन्वेषण/अध्यापन गराएकाहरूबीच खुला प्रतियोगिताबाट नियुक्ति गरिने संवैधानिक व्यवस्था छ ।

पछिल्लोपटक पनि दुई सय ११ परीक्षार्थी सम्मिलित परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका थिए । ०८० को मध्यसाउनमा सञ्चालित परीक्षामा पारसमणि पोखरेल मात्र छनोट भएका थिए । त्यसवेला २९ न्यायाधीशका लागि दरखास्त आह्वान भएको थियो । बाँकी २८ पदमा न्यायसेवाका कर्मचारीहरूलाई न्यायपरिषद्ले नियुक्त गरेको थियो । यसमध्ये १५ जना भने परीक्षामा सहभागीसमेत नभएका थिए । १३ जनाचाहिँ अनुत्तीर्ण भएका थिए । सभार नयाँ पत्रका ।

पहिलोपटक न्यायाधीश पदका लागि ३० पदमा विज्ञापन निकालिएको थियो । जसमा ३० मध्ये ३१ जना उत्तीर्ण भएको सूचना निकाल्दै अन्तर्वार्तामा सहभागिताका लागि आह्वान गरिएको थियो । ०७४ फागुनमा प्रकाशित सूचीअनुसार उक्त परीक्षामा तीन सय ७३ जना परीक्षार्थी सहभागी थिए ।

यसैगरी, आयोगले जिल्ला न्यायाधीशका लागि लिएको दोस्रोपटकको परीक्षामा पाँच पदका लागि ९५ जनाले परीक्षा दिएका थिए । वैशाख ०७६ को निर्णयअनुसार उत्तीर्ण हुने आठजनाको सूची अन्तर्वार्ताका लागि प्रकाशन गरिएको थियो ।

०७८ फागुनमा सार्वजनिक नतिजाअनुसार तीनजना मात्र उक्त पदका लागि लिइएको परीक्षामा उत्तीर्ण भएका थिए । जब कि १८ पदका लागि दरखास्त आह्वान गरिएको थियो । जहाँ एक सय ९६ जना परीक्षामा सहभागी थिए ।

सेवामा रहेकाभित्रैबाट परीक्षामा असफल भएकालाई पनि न्यायपरिषद्ले न्यायाधीशको नियुक्ति दिने गरेको भन्दै असन्तुष्टि व्यक्त भइरहेका छन् । न्यायसेवामै रहेकाहरूबीचको प्रतिस्पर्धामा माग संख्याभन्दा कम उत्तीर्ण हुने गरेकोमा फेरि ती अनुत्तीर्णलाई नै रिक्त पदमा नियुक्त गरी पठाउने गरिएको छ ।

को–को पास भए ? 
अञ्जनराज सापकोटा, नारायण सापकोटा र मनिराम ज्ञवालीले आन्तरिक खुला र खुला दुवैतिर नाम निकालेका छन् । तिलक कार्कीले आन्तरिक खुलातर्फ नाम निकालेका छन् । खुलाबाट कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशीको नाम सूचीमा उल्लेख छ । यसैगरी खुला र आदिवासी जनजातिबाट नितिज राईले नाम निकालेका छन् ।

पाठ्यक्रममा के हुन्छ ?
हालको पाठ्यक्रमअनुसार प्रथम पत्रमा विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणाली तथा द्वितीय पत्रमा देवानी कानुन र देवानी कार्यविधि कानुनका विषयमा प्रश्न रहने गरेको छ । फौजदारी कानुन तथा कार्यविधि सम्बन्धमा भने तृतीय पत्र हुन्छ । चौथो पत्रमा मिसिल अध्ययन र समस्या समाधानका साथै फैसला तथा आदेशलेखन हुने गरेको छ ।

जितपसरसिमरा  बिधालयलाइ  घटुवा गर्ने बाटाे खुल्यो 

जितपसरसिमरा  बिधालयलाइ  घटुवा गर्ने बाटाे खुल्यो

मनाेज शाह जितपुर बारा जेठ ३१ गते :

बारा जिल्लाकाे     जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा समितिले गत ७ जेठमा विद्यालयलाई घटुवा र समायोजन सम्बन्धि गरेको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

शिक्षा समितिले गरेको निर्णय विरुद्ध जीतपुरसिमरा वडा नं. १६ कतर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगााप्रसाद मैनालीले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता गरेका थिए ।

मुद्दामा ३० जेठमा चढेको पेशीमा भएको बहसपछि अन्तरिक आदेश जारी गर्नुनपर्ने आदेश भएको छ । त्यसअघि २५ जेठमा लिखित जवाफ पेश गर्न उपमहागरलाई आदेश भएको थियो भने तत्काललाई निर्णय कार्यान्वयन नगर्न, नगराउन उत्प्रेषण परमादेश जारी भएको थियो ।

उपमहानगरबाट बहस गरेकी अधिवक्ता विद्या कटुवालका अनुसार उच्च अदालतको संयुक्त इजलासले माननिस न्यायधिश गणेश ठाकुर र खडानन्द तिवारीले अन्तरिक आदेश जारी गर्नुनपर्ने आदेश भएसँगै निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

मनाेज शाह जितपुर बारा जेठ ३० गते:

   अत्यधिक गर्मीका कारण मधेस प्रदेश  जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले दुई दिनका लागि विदा दिएको हो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादद्वारा जारी सूचनामा अत्यधिक गर्मी बढेका कारण पठन पाठनमा असर परेको भनि कार्यालयमा जानकारी प्राप्त भएकोले जेठ ३१ गतेदेखि ३२ गतेसम्मका लागि सार्वजनिक विदा दिइएको उल्लेख छ ।

बागमतीका नगर प्रमुख थापाविरुद्ध ३० करोडको

भरत ताल निर्माणमा भ्रष्टाचारः बागमतीका नगर प्रमुख थापाविरुद्ध ३० करोडको

मनाेज शाह जितपुर बारा जेठ २९ गते:

 

मधेस प्रदेश    सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा भ्रष्टाचारको अर्को दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थ बिक्री÷वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

उद्योग वाणिज्य संघमा पत्रकार  इन्दीप कोइराला मनोनित

उद्योग वाणिज्य संघमा पत्रकार  इन्दीप कोइराला मनोनित

मनाेज शाह जितपुर बारा जेठ २६ गते:

बारा जिल्लाकाे   निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा इन्दीप कोइराला मनोनित भएका छन्। संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विधानबमोजिम कोइरालालाई मनोनित गरेको हो।

कार्यसमितिको १७औँ बैठकको निर्णयअनुसार कोइरालालाई सदस्यमा मनोनित गरिएको थियो। उक्त निर्णय कार्यान्वयन गर्दै शनिबार बिहान संघले मनोनित प्रमाणपत्रसहित उनलाई संघको कार्यसमितिमा स्वागत गरेको संघका महासचिव गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए।

निजगढ नगरपालिका– ८ निवासी कोइराला नयाँ पत्रिका र एभिन्यूज टिभी बाराका संवाददाता तथा निजगढ न्युजका संचालकसमेत हुन्। नेपाल फोटो पत्रकार महासंघ बाराका सचिवसमेत रहेका कोइराला नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्यसमेत हुन्। विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका उनी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्।

बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व

बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व मनाइरहेका छन् ।
मनाेज शाह जितपुर बारा जेठ २४ गते:
जितपुरका महिलाहरूले आज धुमधामले वटसावित्रीको पूजा गरेका छन् । तराई मधेशका महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखका लागि परापूर्वकालदेखि यो पूजा गर्दै आएको जनविश्वास छ।

प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएदेखि यो पूजा गर्दै आएको धार्मिक विश्वास रहेको स्थानीय एक महिलाले बताइन्। प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी बताइन्।

पान, सुपारी, केरा, फलफूल, धुप लगायतका विभिन्न पूजन सामग्रीका साथ व्रतालु महिलाहरु वर र पिपलको रुखमुनि बसेर आफ्ना पतिको दिघार्यूको कामना गरी पूजापाठ गर्दै वर र पिपलको रुखमा रातो र पहेलो धागो बेर्ने गर्दछन्।

ब्लड क्यान्सर पीडित शाहको उपचारका लागि सहयोगको अपिल

ब्लड क्यान्सर पीडित शाहको उपचारका लागि सहयोगको अपिल
संग्रह
दिपेश कुमार शाह रौतहट  जेठ २२ गते:

ब्लड क्यान्सर पीडित चितवन कटहरीया नगर पालिका ९ डुमारियाका जुती शाह चोरा रामबाबु शाह्को उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपील गरेका छन् । कमजोर आर्थिक अवस्था भएका शाहका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् । शाह्को परीवारमा उनको श्रीमति , दुईवटा छोरा एक छोरी रहेको छन

ब्लड क्यान्सर पीडित रामबाबुशाहको छोरा शिव जीले चितवनको भरतपुर स्थित बि पि कोइराला क्यान्सर हस्पिटलको बेड नम्बर ८ मा राखेर उपचार भइरहेको सहयोगी शिव जी शाहले बताए । शाहले केहि रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपील गरेका छन् ।