गोल्डकप : पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश

मनाेज शाह जितपुर बारा जेठ २२ गते:

जीतपुरसिमरा उपमहानगरपालिका -८ मा जारी रहेको प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोर्ट्स क्लब बढनिहार बिजयी भएको छ ।वन शक्ति क्लब सिद्धपुरलाई पेनाल्टीमा ८-७ ले पराजित गर्दै पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।वन शक्ति क्लबका सजिव उरोले २ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो तर वन शक्ति क्लबले अग्रता कायम गर्न सकेको थिएन ।

निर्धारित समयमा दुबै टोलिले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टीमा धकेलिएको थियो ।पेनाल्टीमा ८ गोल गर्दै पर्सागढी स्पोर्ट्स क्लब बिजयी भएको आयोजक सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए ।पर्सागढीका गोलरक्षक दिपेन्द्र चौधरी म्यन अफ द मैच घोषित भए ।उनलाई जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले मेडल र नगद १५ सय रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।जेठ १९ गते देखि सुरु भएको प्रथम लोहसण्डा जेठ २६ गते सम्म संचालन हुने छ ।प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेताले नगद ४० हजरा धनराशि पुरस्कार पाउने छ ।मंगलबार बिरगंज युथ एकेडेमी बिरगंज र साईनिङ युथ एकेडेमी मनहर्वा बारा बिच खेल हुने छ।

सरकारी कागजपत्र किर्ते आरोपमा व्यावसायी पटेल पक्राउ

सरकारी कागजपत्र किर्ते आरोपमा व्यावसायी पटेल पक्राउ

मनाेज शाह जितपुर बारा जेठ २० गते:
सरकारी कागजात किर्ते गरेको आरोपमा बाराबाट एकजना ब्यवसायी पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा बस्ने ब्यवासायी अनिल पटेल रहेका छन् । आन्तरिक राजश्व कार्यालय सिमराको लेटरप्याड ,छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले पटेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पटेल हाडवेयर पसल, पेट्रोल पम्प लगायत खोला ठेक्का लिएर गिट्टी ,बालुवा जस्ता नदीजन्य पदार्थ बिक्रि बितरण गर्दै आएका थिए । राजश्व कार्यालयले बैँक खाताहरु राजश्व हिनामिना गरेको आरोपमा रोक्का गरेको अवस्थामा उनले राजश्व कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर बैँकलाई फुकुवा गर्न पत्र लेखेको थिए ।

आन्तरिक राजश्व कार्यालयले उक्त बिषयमा जानकारी प्राप्त गरिसकेपछि ईलाका प्रहरी कार्यालय सिमरालाई कारवाहीको लागि पत्र लेखेको थियो । प्रहरीले पटेललाई हिरासतमा राखि साँत दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी हिरासतमा रहेका पटेललाई छुटाउँनको लागि चलखेल भईरहेको एक स्रोतले जनाएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले पटेललाई लेटरप्याड ,छाप र हस्ताक्षर किर्ते गरेको कर कार्यालय सिमराको पत्रबाट पक्राउ गरेको जानकारी दिएका छन । उनले यो बिषयमा अनुसन्धान भईरहेकाले थप जानकारी पछि दिने बताएका थिए ।

 

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

मनाेज शाह जितपुुर बारा जेठ २० गते:

 

विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो ।

काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि नम्बर ८ का खेलाडी अर्मान चौधरीले पेनाल्टी सुटलाई सदुपयोग गर्दै एक गोल गरे । निर्धारीत समयमा विरगञ्जको बिरुद्धमा कोल्हबीले गोल फर्काउन नसकेपति चौधरीको गोल खेलको निर्णयक बन्न पुग्यो ।

सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको लोहसण्डा खेलमैदानमा भएको उक्त उद्धाटन खेलको पहिलो हापको १२औं मिनेटमा चौधरीले पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए ।

प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै बारा क्षेत्र न ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदको विकासका निम्ती आफू बाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्धाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उंहाले देशमा खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको बताउनु भयो ।

सनराईज युथ क्लका अध्यक्ष बन्दन चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि,  बारा क्षेत्र न ४ (क) को मधेस  प्रदेश पुर्व  सभा  सदस्य सुन्दर बिश्कार्मा, उपमहानगरको पहिलो  उपमेयर  सरस्वती  चौधरी, जीतपुरसिमरा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहा, नेपाली काग्रेसका नेता कृष्णव्रत सिह,  जीतपुरसिमरा ८ का वडा सदस्य गांग पटेल ,   विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सहसचिव संदेश सिंहले गर्नुभएको थियो ।

सनराईज युथ क्लबको आयोजनामा जेठ १९ बाट गते देखि सुरु भएको प्रतियोगिता जेठ २६ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु ८० हजार र उपविजेताले नगद रु ४० हजार प्राप्त गर्नेछन् ।

 

०८१/८२ को बजेटप्रति निजी क्षेत्रको टिप्पणी : बजेट सन्तुलित, तर अर्थतन्त्र चलायमान बनाउन चुनौतीपूर्ण

०८१/८२ को बजेटप्रति निजी क्षेत्रको टिप्पणी : बजेट सन्तुलित, तर अर्थतन्त्र  चलायमान बनाउन चुनौतीपूर्ण

स्पर्श खबर जितपुर बारा जेठ १९ गते:

 

 

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटले शिथिल अर्थतन्त्र चलायमान बनाउन चुनौतीपूर्ण रहेको निजी क्षेत्रले टिप्पणी गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संयमित र सन्तुलित बजेट ल्याए पनि अर्थतन्त्रलाई गति दिन पर्याप्त नभएको निजी क्षेत्रको भनाइ छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल एसोसिएसन, कम्प्युटर एसोसिएसन अफ नेपाल, चामल–तेल–दाल उद्योग संघलगायतले विज्ञप्तिमार्फत धारणा राख्दै नयाँ आर्थिक सुधारका कार्यक्रम घोषणा भए पनि पर्याप्त नभएको बताएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए । १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट समयसापेक्ष, यथार्थ र संयमित रहेको उनको दाबी छ । बजेटबारे उद्योग वाणिज्य महासंघले शुक्रबार एक विज्ञप्तिमार्फत निजी क्षेत्रको मागअनुरूप सरकारले नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धता जनाएकोमा खुसी व्यक्त गरेको छ । महासंघले विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोग गठन गर्नुपर्ने भन्दै पैरवी गर्दै आइरहेको थियो ।

कृषिमा लगानी दशक घोषणा गरे पनि निजी क्षेत्रको लगानी आकर्षित गर्न बजेटका प्रावधान पर्याप्त नभएकाले थप गृहकार्य आवश्यक रहेको महासंघले जनाएको छ । त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि विवाह र सभा–समारोहका विशेष हब बनाउनुपर्ने र हिल स्टेसन निर्माणका लागि निजी क्षेत्रलाई सहयोग प्रदान गर्ने कुरा स्वागतयोग्य भएको महासंघको राय छ ।

उत्पादनमूलक उद्योगको कुल गार्हस्थ्य उत्पादनमा निरन्तर हिस्सा घटिरहेको सन्दर्भमा बजेटले थप कार्यक्रमसहित मनोबल बढाउने सम्भावनालाई ध्यान नदिइएको महासंघको ठहर छ । बजेटको पहिलो प्राथमिकता नै आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन रहनु स्वागतयोग्य कदम भएको महासंघले बताएको छ ।

उद्योग परिसंघले बजेट सन्तुलित भए पनि विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने बताएको छ । परिसंघले दोस्रो चरणको आर्थिक सुधारमा जानुपर्छ भनेर वकालत गरिरहेको सन्दर्भमा बजेटमार्फत उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने प्रस्ताव ठीक समयमा आएको पनि ठहर गरेको छ । कृषि, ऊर्जा, सूचना प्रविधि विकास, पर्यटन, उद्यमशीलता र औद्योगिक विकासलाई रूपान्तरणकारी क्षेत्र तोक्दै बजेटमा प्राथमिकताका क्षेत्र तोकिनुलाई परिसंघले राम्रो पक्षका रूपमा लिएको छ ।

विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न ‘स्टिमुलस प्याकेज’ आउने अपेक्षा बजेटले पूरा नगरेको परिसंघको गुनासो छ । ‘अर्थतन्त्र चलायमान नहुँदा सरकारले अपेक्षा गरेको राजस्व संकलन हुन गाह्रो हुन सक्छ,’ परिसंघले भनेको छ । बजेटमा राम्रा कार्यक्रम राख्ने, तर कार्यान्वयन नहुने परिपाटीको अन्त्य हुन आवश्यक रहेको परिसंघको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सले बजेट यथार्थपरक र संयमित आएको दोहोर्‍याउँदै कार्यान्वयन चुनौतीपूर्र्ण रहेको ठहर गरेको छ । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ । यद्यपि, नयाँ चरणको सुधारको कार्यक्रम भने सकारात्मक रहेको चेम्बरको भनाइ छ । चेम्बरको विज्ञप्तिमा भनिएको छ, ‘१२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य वर्तमान आर्थिक शिथिलताको अवस्थामा चुनौतीपूर्ण देखिन्छ ।’

नाडा अटोमोबाइल एसोसिएसनले विद्युतीय सवारीसाधनका लागि निश्चित र दीर्घकालीन नीति–निर्माणका लागि आग्रह गर्दै आए पनि बर्सेनि कर नीति परिवर्तन गर्ने कुराको खुला रूपमा विरोध गर्दै आएको छ । आगामी आवको बजेटमा पनि विद्युतीय सवारीसाधनको कर संशोधन गरिनुलाई नाडाले विरोध गरेको छ । ‘सरकारको भनाइ र गराइमा रहेको ठूलो अन्तराललाई देखाउँछ ।सभार नयाँ पत्रका । सरकारको विद्युतीय सवारीसाधनलाई संवद्र्धन र प्रवर्द्धन गर्ने आशयमा समेत स्पष्टता नभएको देखाउँछ,’ नाडाले भनेको छ ।

कार्यान्वयन चुनौतीपूर्र्ण छ । बजेटको झन्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्यले बजारमा तरलताको अभाव हुन गई दीर्घकालमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । यद्यपि, नयाँ चरणको सुधारको कार्यक्रम भने सकारात्मक रहेको छ ।

नाडा अटोमोबाइल एसोसिएसन

सरकारले हरित ऊर्जालाई उच्च प्राथमिकतामा राख्ने नीतिगत निर्णयहरू गर्दै आएको छ । तर, सरकारको भनाइ र गराइमा ठूलो अन्तराल रहेको कुरालाई बर्सेनि गरिने कर संशोधनले प्रस्ट पार्छ । सरकारको विद्युतीय सवारीसाधनलाई संवद्र्धन र प्रवर्द्धन गर्ने आशयमा समेत स्पष्टता नभएको देखाउँछ ।

नेपाल दाल–चामल–तेल संघ

दाल उद्योगको कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातीत तयारी दाल, गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल, गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी यहाँका उद्योग बन्द हुनेछन् । दाल उद्योगमा लगभग ३५ अर्बको लगानी र प्रत्यक्ष–अप्रत्यक्ष पाँच हजारले रोजगारी पाइरहेका छन् ।

क्यान महासंघ, नेपाल

सञ्चार प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य रहेको र बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएकोमा नयाँ आशा देखाएको छ । बजेटले आइटी क्षेत्रका धेरै आवश्यकतालाई समेटेकाले लगानी अभिवृद्धि हुने, धेरै रोजगारी सिर्जना हुने तथा निर्यातमा समेत उल्लेख्य प्रगति गर्ने बाटो खुलेको छ ।

पर्सा प्रहरीकाे ठुलो उपलब्धि दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद

पर्सा प्रहरीकाे ठुलो उपलब्धि    दुई  करोड बढीको भन्सार छलीका मालवस्तु बरामद

प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले करिब दुई करोड एक लाख ४९ हजार एक सय ४७ रुपैयाँ बरारको बराबरको औषधि, खुद्रा तथा हार्डवेयर र थारो भैंसी, पाडा र पाडीहरू बरामद गरेको हो ।

शुक्रबार दिउँसो ३ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुर चोकस्थित सडकखण्डबाट १ करोड १५ लाख एक सय ४७ रुपैयाँ बराबरका औषधि तथा खुद्रा सामानहरू पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

त्यसैगरी बिहीबार बहुदरमाई नगरपालिका– ५ डकैला बहुअरीस्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका थारो भैंसी, पाडा तथा पाडी समेत गरी चार लाख ३४ हजार रुपैयाँ बराबरका २८ वटा भैंसी तथा पाडापाडी शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए।

पर्सा प्रहरीकाे ठुलो उपलब्धि    दुई  करोड बढीको भन्सार छलीका मालवस्तु बरामद

 पर्सा प्रहरीकाे ठुलो उपलब्धि    दुई  करोड बढीको भन्सार छलीका मालवस्तु बरामद

मनाेज शाह जितपुर बारा जेठ १८ गते:

 

प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले करिब दुई करोड एक लाख ४९ हजार एक सय ४७ रुपैयाँ बरारको बराबरको औषधि, खुद्रा तथा हार्डवेयर र थारो भैंसी, पाडा र पाडीहरू बरामद गरेको हो ।

शुक्रबार दिउँसो ३ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुर चोकस्थित सडकखण्डबाट १ करोड १५ लाख एक सय ४७ रुपैयाँ बराबरका औषधि तथा खुद्रा सामानहरू पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

त्यसैगरी बिहीबार बहुदरमाई नगरपालिका– ५ डकैला बहुअरीस्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका थारो भैंसी, पाडा तथा पाडी समेत गरी चार लाख ३४ हजार रुपैयाँ बराबरका २८ वटा भैंसी तथा पाडापाडी शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए।

सशस्त्र प्रहरीले​​​​​​​ असइमा भर्ना नलिने, इन्स्पेक्टरमा २७ वर्षसम्म भर्ना 

सशस्त्र प्रहरीले​​​​​​​ असइमा भर्ना नलिने, इन्स्पेक्टरमा २७ वर्षसम्म भर्ना

स्पर्श खबर जितपुर बारा जेठ १८ गते :

सशस्त्र प्रहरीले प्रशासनतर्फ सहायक निरीक्षक (असइ)मा भर्ना नलिने नीति लिएको छ । हाल असइका रिक्त पदमध्ये ६० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत पदमा आन्तरिक बढुवाबाट पदपूर्ति हुन्छ । असइमा भर्ना लिँदा जवानमा भर्ना भएका प्रहरीको करिअर प्रभावित भएको निष्कर्षका आधारका शतप्रतिशत पदपूर्ति बढुवाबाट गर्न लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए । तर, यो प्रावधानले कनिष्ठ अधिकृत तहमा भने युवा जनशक्ति कम हुनेछन् ।

भर्नाको उमेर अवधि हेरफेर

भर्नाको उमेर अवधि पनि हेरफेर गरिएको छ । साधारण समूहतर्फ इन्स्पेक्टरमा २१ देखि २७, जवानमा १८ देखि २२, परिचरमा १८ देखि २५ वर्ष उमेर राखिएको छ । हाल २५ वर्ष उमेर कटेकाले इन्स्पेक्टर भर्नामा प्रतिस्पर्धा गर्न पाउँदैनन् । प्राविधिक इन्स्पेक्टर पदमा ३२ वर्षसम्म भर्ना लिने प्रावधान छ ।

दरबन्दी रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिने तथा सीमा क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरी बलमा भर्ना गर्दा कोटा दिने प्रस्ताव पनि छ । सीमाका नागरिकलाई आरक्षण कोटा दिएर भर्ना गर्दा सीमा सुरक्षा अझै प्रभावकारी हुने निष्कर्षका आधारमा सशस्त्र प्रहरीले यस्तो प्रस्ताव गरेको हो । यसका लागि सरकारले सीमा इलाका छुट्याउनुपर्ने हुन्छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा मर्यादापालक इकाइ राख्ने, सशस्त्र प्रहरी विशेष अदालतले तीन महिनादेखि एक वर्षसम्म कैद सजाय सुनाउन सक्ने, सशस्त्र प्रहरी कर्मचारीलाई विवाह बिदा, असाधारण बिदा, पर्यटन बिदाजस्ता सुविधा थप गरिएको छ । खेलको माध्यमबाट राष्ट्रको मान, प्रतिष्ठा र गौरव बढाउने खेलाडीका लागि छुट्टै पुल दरबन्दी बनाउने प्रस्ताव पनि छ ।

सीमा सुरक्षा सम्बन्धमा संगठन र राज्यलाई अतुलनीय योगदान पुर्‍याउने नेपाली नागरिकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)सम्मको पद सम्मानार्थ दिन सकिने नयाँ प्रावधान पनि राखिएको छ । मस्यौदामा आवश्यकताअनुसार अवकाशप्राप्त कर्मचारीलाई काममा लगाउन सकिने तथा अति आवश्यक अवस्थामा विज्ञ नियुक्ति गर्न सक्ने प्रावधान छ । सभार नयाँ पत्रिका ।तर, कसैले संविधानविपरीत कार्य गरेमा तथा सामाजिक सञ्जालको दुरुपयोग गरी सरकार र संगठनविरुद्ध गतिविधि गरेमा सुविधा रोक्न तथा घटाउन सक्ने व्यवस्था गरिएको छ ।

आफ्नै पदावधि घटाउने आइजिपी अर्यालको प्रस्ताव

आफ्नै पदावधि घटाउने आइजिपी अर्यालको प्रस्ताव

 

स्पर्श खबर जितपुर बारा जेठ १८ गते:

आइजिपी बढुवामा पनि बढुवा समिति

संगठनमा व्यापक नीतिगत सुधारसहित सशस्त्र प्रहरी बलले नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा बुझाएको छ । ऐनको मस्यौदामा उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवाहद हटाई उमेरहद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान छ ।

केही दिनअघि गृहमा बुझाइएको ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी बनेको विधेयक २०८१’ मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव छ । हालको ऐनमा चार वर्षको प्रावधान छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको पदावधि चार वर्ष रहेकामा उनले आफ्नै पदावधि घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरेका छन् । संगठनको नेतृत्वमा तीन वर्षको अवधि उपयुक्त हुने र वृत्तिविकासमा पनि सहज हुने निष्कर्षका आधारमा आइजिपीको पदावधि घटाउन लागिएको हो ।

साथै, आइजिपीको बढुवामा लोकसेवा आयोगका अध्यक्ष नेतृत्व समिति बनाउने र अवकाशको १५ दिनअघि अनिवार्य सिफारिस गर्नुपर्ने प्रावधान नयाँ ऐनमा राखिएको छ ।

आइजिपी बढुवामा पनि बढुवा समिति 
सशस्त्र प्रहरीमा महानिरीक्षक बढुवामा पनि अब बढुवा समितिको अवधारणा राखिएको छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा यस्तो बढुवा समितिको प्रस्ताव गरिएको हो । हाल सीधै सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

साथै, आइजिपी अनिवार्य अवकाश हुनुभन्दा १५ दिनअघि अनिवार्य बिदामा बस्नुपर्ने र त्यसअघि बढुवा समितिले बढुवा समितिको बैठक बसेर सिफारिस गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । सभार नयाँ पत्रिका । सशस्त्र प्रहरी नेतृत्व चयनलाई अनुमानयोग्य बनाई नेतृत्व हस्तान्तरण प्रक्रिया सहज बनाउन ऐनमै यस्तो प्रावधान राखिएको छ । हाल अन्तिम दिनमा मात्र निर्णय हुँदा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको छ ।

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

जनमतलाई नेतृत्व दिन एमाले र माओवादी तयार, लोसपा र एकीकृत समाजवादी निर्णायक

 

स्पर्श खबर जितपुर बारा जेठ १८ गते:

जनमतका उम्मेदवारलाई मधेश प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि जनमतका अध्यक्ष सिके राउत, संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, माओवादीका भरतप्रसाद साह, जनमतका महेशप्रसाद यादवसहितका नेताहरू । 

 

मधेशमा नयाँ सरकारको गृहकार्य

जसपा नेपालको सरकार अल्पमतमा परेसँगै मधेशमा नयाँ सरकार गठनको दौडधुप जारी छ । बुधबार विपक्षी दलहरूले सम्भावित समीकरणका लागि वार्ता गरेको अर्को दिन एमाले र माओवादी मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएका छन् । मधेशमा लोसपा र एकीकृत समाजवादी निर्णायक शक्तिका रूपमा देखिएका छन् ।

सरकारको नेतृत्वको दाबी गरिरहेको मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले लचिलो बनेपछि जनमतले सत्ता हाँक्ने गरी सत्तागठबन्धनका तीन दलबीच बिहीबार सहमति भएको हो । तर, उनीहरूसँग बहुमतको अंक भने अझै पुगेको छैन । मधेशमा जसपा नेपालको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले यसअघि नै फिर्ता लिएका थिए । यसअनुसार मधेश सरकारले ३० जेठभित्र विश्वासको मत लिनुपर्नेछ ।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले लोसपा र एकीकृत समाजवादीलाई पनि साथमा लिएर नयाँ सरकार गठन गर्ने दाबी गरेका छन् । एक सय सात सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ मत चाहिन्छ । एमाले २५, जनमत १३ र माओवादीसँग नौ गरी ४७ मत छ । बहुमतका लागि थप सात सांसद चाहिन्छन् । त्यसमा लोसपाले (आठ) मात्र साथ दिँदा ५५ मत पुग्छ । एकीकृत समाजवादीसँग पनि सात सिट छ ।

संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, जनमतका महेशप्रसाद यादव र माओवादीका साहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ‘प्रदेशमा रहेका भ्रष्टाचार प्रवृत्तिलाई हटाउन तथा प्रदेशको आर्थिक वृद्धि उच्च बनाउन नयाँ सरकारको आवश्यकता रहेको’ सहमतिपत्रमा उल्लेख छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा, एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच बुधबार मात्र मधेश सरकार गठनको विषयमा छलफल भएको थियो । उनीहरूबीच कुरा नमिलेपछि एमाले, माओवादी र जनमतको रणनीति पुनः सफल हुने अवस्थामा पुगेको माओवादीका एक सांसदले दाबी गरे ।

बुधबारको बैठकमा उपेन्द्रले आफ्नो पार्टी नेतृत्वको मधेश सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएका थिए । मधेश सरकार निरन्तरताका लागि दलहरूबीच नयाँ सिरामा सहमति हुनुपर्ने र त्यसका लागि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने ठाकुरको सर्त थियो । लोसपाका एक सांसदले भने, ‘तर, ठाकुरजीको प्रस्तावमा उपेन्द्रजी सहमत हुनुभएन । पछि ठाकुरजी बैठकबीचमै छोडेर हिँड्नुभयो । बुधबार साँझ नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर मधेशमा नयाँ सरकार गठनको विषयमा छलफल भएको हो ।’ उनका अनुसार ठाकुरले बैठक छोडेर हिँडेलगत्तै माधव नेपाल पनि बैठक छोडेर हिँडेका थिए ।

अंकगणितका आधारमा कांग्रेससँग २२, जसपा नेपालको १९, एकीकृत समाजवादीको सात र लोसपाको आठ गरी ५६ सांसद पुग्छन् । सभार नयाँ पत्रका ।यस आधारमा कांग्रेसले सरकार गठनको सम्भावनाबारे छलफल थालेको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल साढे ६ वर्षपछि मधेश सरकारको नेतृत्व गुमाउने अवस्थामा पुगेको छ । तत्कालीन सत्तासाझेदार माओवादी ३० वैशाखमा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सरोज यादवले अल्पमतको सरकार चलाइरहेका छन् ।

पछिल्लोपटक जसपा नेपालका वरिष्ठ नेता अशोक राईले पार्टी फुटाएपछि जनमतले मधेशमा नेतृत्वका लागि बार्गेनिङ बढाएको हो । मुख्यमन्त्री दिन गठबन्धन सकारात्मक भएपछि जनमतले जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । सोही सहमतिअनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेको हो । तर, जेठभर मुख्यमन्त्री यादवले अल्पमतको सरकार चलाउन पाउनेछन् ।

यादवले २१ जेठबाट बजेट अधिवेशन सुरु गरेर २३ जेठमा विश्वासको मत लिने घोषणा गरेका थिए । सोहीअनुसार जसपाले कांग्रेस, लोसपा र एकीकृत समाजवादीसँग छलफल अगाडि बढाएको थियो ।

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आ.ज.पा. द्वारा बारा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

मनोज कुमार शाह, जेष्ठ १७ गते

आम जनता पार्टीद्वारा बारा जिल्लाको बारागढी गाँपालिका-४ सुखीपथरामा आज पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।
देशमा व्याप्त बेथीति, भ्रष्टाचार एवं कुशासनको दुश्चक्रलाई तोड्न तथा विद्यमान संकटहरुको ठोस निकास प्रदान गर्ने सवालमा अब आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने दृढ़ विश्वाससहित आज विभिन्न पार्टी परित्याग गर्दै सियाराम साह लगायतका सयौं सम्मानित व्यक्तित्वहरुले आज एक कार्यक्रमका बिच आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीमा गोलबन्द भएका व्यक्तित्वहरुलाई सहर्ष हार्दिक स्वागत, बधाई दिँदै आ.ज.पा. का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले थप उज्जवल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता सियाराम साहले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा आ.ज.पा. अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह, बिशिस्ट अतिथि आ.ज.पा. का केन्द्रिय उपाध्यक्ष अशोक लामा आ.ज.पा.का मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहा, अतिथी आ.ज.पा. जिल्ला बारा अध्यक्ष राजकिशोर साह, उपाध्यक्ष बसन्त चौधरी, युवा नेता बिनोद साह लगायतको सहभागिता रहेको थियो ।