सिमरा रङ्गशाला परिसरमा निर्माणाधीन ब्याडमिन्टन हलमा अनियमितताकाे आरोप

सिमरा रङ्गशाला परिसरमा निर्माणाधीन ब्याडमिन्टन हलमा अनियमितताकाे आरोप स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: सिमरा रङ्गशाला परिसरभित्र निर्माण भइरहेको ब्याडमिन्टन हलको काममा प्राविधिक अनियमितता देखिएको भन्दै स्थानीयस्तरमा प्रश्न उठेको छ। निर्माण कार्य एबी सनबी डायमन्ड कम्पनीले गरिरहेको भए पनि काम गर्ने तरिका र गुणस्तरबारे शंका लागेको स्थानीयको भनाइ छ। हल निर्माणका क्रममा प्रयोग गरिएको … Read more

सिमरा संवेदनशील अवस्थामा, पुर्वमन्त्री किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश ‘बेठीक’: मेयर पौडेल

सिमरा संवेदनशील अवस्थामा, पुर्वमन्त्री किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश ‘बेठीक’: मेयर राजन पौडेल स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: बिगत केही दिनदेखि सिमरा क्षेत्र संवेदनशील अवस्थाबाट गुज्रिरहेको बेला पुर्व मन्त्री किसान श्रेष्ठको घरमा विना जानकारी अनधिकृत रूपमा प्रवेश हुनु गम्भीर र अस्वीकार्य कार्य भएको जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बताएका छन्। मेयर पौडेलले आफ्नो … Read more

सिमरा खानेपानीमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ३३२० मत खस्यो

सिमरा खानेपानीमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ३३२० मत खस्यो स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा आजको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार कुल ३३२० मत खसेको छ। निर्वाचन अधिकृत सलिराम अधिकारीले मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै मतगणना छिटोभन्दा छिटो सुरु गर्ने तयारी … Read more

बारामा बिजुली सर्ट भएर आगलागी, किराना पसल पूरै नष्ट

बारामा बिजुली सर्ट भएर आगलागी, किराना पसल पूरै नष्ट सिकिन्द्र साह सिम्राैनगढ मंसिर ६ गते: बारा जिल्ला, सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटामा गएराति भएको आगलागीमा उमेश ठाकुरको किराना पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ। स्थानियका अनुसार राति करिब १२ बजे बिजुलीको तार सर्ट भएर आगो लागेको हो। आगलागीमा पसलभित्र रहेका फ्रिज, साबुन, दाल, चामल तथा … Read more

बारा–४ का पूर्वमन्त्री किसान श्रेष्ठद्वारा सिमरामा बढ्दो आतंकप्रति कडा आपत्ति

बारा–४ का पूर्वमन्त्री किसान श्रेष्ठद्वारा सिमरामा बढ्दो आतंकप्रति कडा आपत्ति स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: सिमरामा मंसिर ३ र ४ गते भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई … Read more

सिमरा समाजसेवी हिरा बस्नेतको धारणा : “जेन–जि अराजक गतिविधिमा लाग्ने समूह होइन”

सिमरा समाजसेवी हिरा बस्नेतको धारणा : “जेन–जि अराजक गतिविधिमा लाग्ने समूह होइन” स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: समाजसेवी हिरा बस्नेतले सामाजिक सद्भाव, शान्ति र जिम्मेवार युवाको भूमिकाबारे आफ्नो फेसबुकमार्फत महत्वपूर्ण टिप्पणी गरेका छन्। उनले युवाहरूलाई सही कार्यका लागि प्रेरित गर्नुपर्नेमा जोड दिँदै केही गलत व्यक्तिको उक्साहटमा लागेर देशमा अराजक वातावरण बनाउन खोज्ने प्रवृत्तिको … Read more

जितपुर सिमरा-८ इमली पर्तीमा आम जनता पार्टीको बैठक सम्पन्न

जितपुर सिमरा-८ इमली पर्तीमा आम जनता पार्टीको बैठक सम्पन्न स्पर्श खबर जितपुर बारा मंसिर ६ गते जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित इमली पर्तीमा आम जनता पार्टी (आजपा) ले बैठक सम्पन्न गरेको छ। बैठकमा हालै जेनजी युवामाथि भएको हातपात र जेनजीको हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न सरकारलाई दवाव दिनुपर्ने निष्कर्ष निकालिएको छ। साथै बिजुली–पानी निशुल्क, … Read more

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै स्पर्श खबर जितपुर बारा मंसिर ६ गते : बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको छ। पछिल्ला दिनहरूमा जिल्लामा बढ्दो तनाव, आन्दोलन तथा सुरक्षा स्थितिबारे सिर्जना भएको संवेदनशीलताबीच उनको सरुवा भएको बताइन्छ। स्रोतका अनुसार तामाङलाई अहिले तत्कालै प्रहरी मुख्यालयमा रिपोर्ट गराउन निर्देशन दिइएको … Read more

नेशनल फोर्स हिस्सा र अराजताका विरुद्ध:अध्यक्ष ओली

नेशनल फोर्स हिस्सा र अराजताका विरुद्ध:अध्यक्ष ओलीस्पर्श खबर जितपुर बारा मंसिर ६ गते।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवक दस्ता नेशनल भोलेन्टियर फोर्स कसैका विरुद्ध नभई हिस्सा र अराजकताका विरुद्ध गठन गरिएको बताएका छन्। nbf को घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राज्य षड्यन्त्रले मात्र जनता जनधन औद्योगिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले … Read more

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नरेन्द्र कुँवरलाई बाराको जिम्मेवारी

स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नरेन्द्र कुँवरलाई बाराको जिम्मेवारी