जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी

 

मनाेज शाह जितपुर बारा चैत ३ गते: आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो ।

पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पर्साका लागि अकिबले ६३ रन बनाउँदै अर्धशतक बनाए । आयोजकका कप्तान सुरज लामाको बलमा पेभेलियन फर्किनु अघि ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।