जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने

जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने

मनाेज शाह जितपुर बारा फागुन २३ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनीले प्रस्तुती दिने छन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनीले प्रस्तुती दिने छन् ।

मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।