जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए

मनोज  शाह, जीतपुर बारा, फागुन १७ गते

नेपाल सरकारले विगत केही समयदेखि प्रत्येक नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । सामाजिक सुरक्षा भत्ता तथा वृद्ध भत्ताजस्ता सुविधा प्राप्त गर्नको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा हुनुपर्छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भएदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयबाट वि.सं. २०७९ पौष १७ गतेदेखि वि.सं. २०८० फाल्गुन १७ गतेसम्म ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाएको जितपुरसिमरा उपमहानगरपालिकामा कार्यरत कम्प्यूटर अपरेटर सुप्रीती राईले स्पर्श खबरलाई जानकारी दिनुभयो ।