प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

बारा, जेठ ३१ गते ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ  साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम तयगरेको थियो ।

प्रेस सेन्टर नेपाल  बारा समन्वय समितीका अध्यक्ष रञ्जन यादबको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय पुगेकोटोलिले नगर प्रमुख पौडेललाई ध्यानकर्षण पत्र बुझाएको हो । देशैभर तीनै तहका  सरकार प्रमुखहरूलाई बुधबार  ध्यानाकर्षण पत्रबुझाइएको छ । संगठको केन्द्रीय समितिको तफबाट पेश गरिएको पत्र बुझ्दै  नगर प्रमुख पौडेलले  प्रेस सम्बद्ध मागहरुप्रतिजीतपुरसिमरा उपमहानगरपालिका  गम्भीर रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमाकार्यान्वयन गर्ने विषयमा  उपमहानगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै  नगरप्रमुख पौडेलले असल कार्यको प्रचार र  बिकृती ,बिसङ्गती बिरुद्ध खबरदारी गर्न अनुरोध गर्नुभयो ।