नेपालमा मनसुन भित्रने तरखर

सेयर गर्नुहोस्

काठमाडौँ, जेठ ३१-

नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ ।

तर प्रवेश गरिनसकेकाले औपचारिक घोषणा हुन बाँकी छ । आज मौसम सम्बन्धि विशेष बुलेटिन निकालेर औपचारिक रुपमा जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको तयारी छ ।

सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक दुई दिन तलमाथि हुने गरेको छ । आज जुन १४ तारिख हो । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।