६ महिना २१ दिनमै जितपुरमा सुरक्षा व्यवस्थापनमा छाप छोड्दै उमेश निरौलाको बिदाइ, नयाँ प्रमुख विनोद राणा मगरको स्वागत

६ महिना २१ दिनमै जितपुरमा सुरक्षा व्यवस्थापनमा छाप छोड्दै उमेश निरौलाको बिदाइ, नयाँ प्रमुख विनोद राणा मगरको स्वागत
स्पर्श खबर जितपुर बारा मंसिर १० गते:

इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको ६ महिना २१ दिनको कार्यकाल पूरा भएपछि उहाँलाई बिदाइ गरिएको छ।

यस अवधिमा जितपुर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन राम्रो काम गरेको भन्दै स्थानीयले उहाँको प्रशंसा गरेका छन्।


स्थानीय कन्हैया गुप्ताले निरौलाको कार्यकालमा जितपुर क्षेत्रमा सुरक्षा व्यवस्थापनलगायतका काम सन्तोषजनक रहेको बताए। उनले छोटो समयमै स्थानीयको विश्वास जित्दै सुरक्षा क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गरे।
बिदाइ तथा स्वागत कार्यक्रममा इलाका प्रहरी कार्यालय जितपुरमा कार्यरत प्रहरी जवान तथा अधिकारीहरूले उमेश निरौलालाई टीका र खादा लगाएर सम्मानसहित बिदाइ गरेका थिए।


त्यसैगरी, इलाका प्रहरी कार्यालय जितपुरमा नयाँ प्रमुखका रूपमा आएका विनोद राणा मगरलाई प्रहरी कर्मचारी तथा उपस्थित व्यक्तिहरूले टीका र खादा लगाएर स्वागत गरेका छन्।