मिति घोषणा नहुँदै चुनावी सरगर्मी बढ्यो, स्थानीय निर्वाचनको तयारीमा जुटे दलहरू
स्पर्श खबर जितपुर बारा मंसिर ३ गते: स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा घोषणा नभए पनि राजनीतिक दलहरूमा चुनावी चहलपहल तीव्र हुन थालेको छ। निर्वाचन आउनुअघि नै दलहरू उम्मेदवार छनोटदेखि चुनावी रणनीति निर्माणसम्मका गतिविधिमा जुट्न थालेका छन्।

केही राजनीतिक दलले उम्मेदवार छनोट प्रक्रिया नै अघि बढाइसकेका छन् भने केही दल चुनावलक्षित अभियान लिएर गाउँगाउँ पुग्न थालेका छन्। नेता तथा कार्यकर्ताहरू स्थानीय स्तरमा संगठन विस्तार, जनसम्पर्क र चुनावी माहोल बनाउन सक्रिय देखिएका छन्।

यता मधेस िच दलहरू भने एउटै चुनाव चिह्नमा उम्मेदवार उठाउने विषयमा आपसी परामर्शमा जुटेका छन्। सम्भावित चुनावी सहकार्य र साझा रणनीतिका विषयमा छलफल भइरहेको छ।

निर्वाचनको मिति घोषणा हुनुअघि नै दलहरूबीच देखिएको यो सक्रियताले स्थानीय तहको चुनावी प्रतिस्पर्धा चाँडै तात्ने संकेत गरेको छ। अब दलहरूको ध्यान जनताको मन जित्ने र स्थानीय तहमा आफ्नो राजनीतिक पकड बलियो बनाउनेतर्फ केन्द्रित हुन थालेको छ।