बुढीगण्डकी बाढीको वितण्डा : सेनाको हेलिकप्टरबाट ३६ जनाको सकुशल उद्धार

बुढीगण्डकी बाढीको वितण्डा : सेनाको हेलिकप्टरबाट ३६ जनाको सकुशल उद्धार

मनाेज शाह जितपुर बारा असाेज २५ गते:
बाढीको चपेटामा परेकाहरूको उद्धारमा जुट्यो नेपाली सेना।


बुढीगण्डकीमा आएको आकस्मिक बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हेलिकप्टरको सहायतामा हालसम्म ३६ जनाको सकुशल उद्धार गरेको छ।


विपद्को जोखिमबीच उद्धार कार्यलाई तीव्रता दिइएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।