एमाले जीतपुरसिमरा–१२ मा मनोजकुमार रायको नेतृत्वमा नयाँ वडा कमिटी, संगठन बलियो बनाउने संकल्प

एमाले जीतपुरसिमरा–१२ मा मनोजकुमार रायको नेतृत्वमा नयाँ वडा कमिटी, संगठन बलियो बनाउने संकल्प
मनाेज शाह जितपुर बारा असाेज २० गते:

नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका–१२ को वडा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले मनोजकुमार रायको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय र जनमुखी बनाउने संकल्प गरेको छ।
एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रवीन्द्र दास बानियाँ, सचिवमा शेष कलाम तथा उपसचिवमा प्रतिमा कुमारी र सविता भट्टराई चयन भएका छन्।
कमिटीका सदस्यहरूमा बेनवा खाँ थारु, सुरेश यादव, रामबाबु चौधरी, जगदिश माझी, भरत अधिकारी, राजु धामी, जयराम गौतम, अस्मिता रेग्मी, रुक्मिनी चौधरी, शेष आजम, श्यामबाबु खाँ र भुलन अन्सारीलगायत रहेका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले एमालेको संगठनलाई कागजी संरचनामा सीमित नराखी जनताको सुख–दुःखमा जोडिनुपर्ने बताए। उनले संगठन सुदृढीकरणसँगै जनताको समस्या समाधानमा पार्टी नेतृत्व र कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा एमाले पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरी, मधेस प्रदेश सचिव मनोज पौडेल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, प्रदेश सदस्यद्वय किशोर शर्मा र ईश्वर ढकाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य सिमा ठकुरी, नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाह, वडा नम्बर १२ का वडाध्यक्ष श्यामबाबु खाँ, नगर कमिटी सचिव रवीन्द्रराज भण्डारीलगायत नेता–कार्यकर्ताको उपस्थिति थियो।
अधिवेशनमा कक्षा ५ देखि एसईईसम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो। विद्यार्थी सम्मानमार्फत शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ पुस्तालाई प्रोत्साहन गर्ने सन्देशसमेत दिइएको छ।
नयाँ नेतृत्व चयनसँगै एमाले जीतपुरसिमरा–१२ मा संगठनलाई थप चलायमान बनाउने र स्थानीय जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने चुनौती नयाँ कमिटीको काँधमा आएको छ।