क्षेत्र नम्बर ४ मा लुकेश सिंहको पक्षमा सन्दीप शाहको कडा अपिल : ‘इमानदार र कर्मठ नेतृत्वलाई रोजौं’

क्षेत्र नम्बर ४ मा लुकेश सिंहको पक्षमा सन्दीप शाहको कडा अपिल : ‘इमानदार र कर्मठ नेतृत्वलाई रोजौं’
मनाेज शाह जितपुर बारा असाेज १२ गते:

नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका आकांक्षी लुकेश सिंहलाई विजयी गराउन नेता सन्दीप शाहले क्षेत्रीय प्रतिनिधिहरूसँग कडा अपिल गरेका छन्।


शाहले सिंहलाई पार्टीप्रति इमानदार, वफादार र दुःख–सुखमा कार्यकर्ताको साथ नछोड्ने कर्मठ नेताका रूपमा प्रस्तुत गरे। उनका अनुसार कांग्रेसको संगठन बलियो बनाउन र कार्यकर्ताको मनोबल जोगाउन सिंहजस्तो नेतृत्व आवश्यक छ।
क्षेत्रीय सभापतिका लागि तीन जना आकांक्षी रहे पनि इमानदारी, कार्यकर्तासँगको सम्बन्ध र संगठनप्रतिको प्रतिबद्धताका आधारमा सिंहलाई रोज्नुपर्ने शाहको दाबी छ।