जितपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबलको काउन्टडाउन सुरु, अब चार दिन मात्रै!
मनाेज शाह जितपुर बारा असाेज ६ गते :
जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३ सुरु हुन अब चार दिन मात्रै बाँकी छ।

प्रतियोगिताको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तीव्र बनाएको छ।
सिमरा भेट्रान क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित विभिन्न देशका महिला टोलीको सहभागिता रहनेछ। प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन मैदान व्यवस्थापन, खेलाडी तथा पाहुना टोलीको स्वागतलगायतका तयारी अघि बढाइएको आयोजकले जनाएको छ।

महिला फुटबलको प्रवर्द्धनसँगै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

अब चार दिनपछि सिमराको मैदानमा महिला फुटबलको रोमाञ्चक भिडन्त सुरु हुनेछ।