जितपुरसिमरा–७ कांग्रेसमा नेतृत्वको भिडन्त, अध्यक्षका लागि चार जनाको दाबी

जितपुरसिमरा–७ कांग्रेसमा नेतृत्वको भिडन्त, अध्यक्षका लागि चार जनाको दाबी
स्पर्श खबर जितपुर बारा असाेज ३ गते:

नेपाली कांग्रेसको वडा अधिवेशन आज जितपुरसिमरा उपमहानगरपालिका–७ मा हुँदैछ।

वडा कमिटीको नेतृत्व हत्याउन चार जना आकांक्षी मैदानमा उत्रिएका छन्।
वडा अध्यक्षका लागि बलिराम गुप्ता, सुरेन्द्र गुप्ता, मितलेस कुशवाहा र मुग्ल्याजम अन्सारीले दाबी गरेका छन्। चार जनाको उम्मेदवारी घोषणासँगै वडा नम्बर ७ को कांग्रेस अधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा चर्किएको छ।


नेपाली कांग्रेसका एक सदस्यका अनुसार अधिवेशनले कसलाई वडा नेतृत्वको जिम्मेवारी सुम्पिन्छ भन्ने विषयमा कार्यकर्तामाझ तीव्र चासो छ। चार आकांक्षीमध्ये कसले बाजी मार्छ भन्ने टुंगो आजै लाग्नेछ।


चार अनुहार, एक पद—जितपुरसिमरा–७ कांग्रेसको नेतृत्व कसको हातमा पुग्छ? भन्ने प्रश्न अहिले कार्यकर्तामाझ चर्चामा छ।