बारा मेलडाँडामा पेट्रोल छर्केर ४७ वर्षीय पुरुष मृत फेलाजितपुरसिमरा–२२ मा बाँसघारीमा शव फेला, घटनाबारे प्रहरीले अनुसन्धान गर्दै

बारा मेलडाँडामा पेट्रोल छर्केर ४७ वर्षीय पुरुष मृत फेला
जितपुरसिमरा–२२ मा बाँसघारीमा शव फेला, घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
स्पर्श खबर जितपुर बारा असाेज २ गते:

जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित मेलडाँडामा एक पुरुष पेट्रोल छर्केर मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा काठमाडौँमा बसोबास गर्दै आएका ४७ वर्षीय विष्णु थिङ सेन्ताङ रहेका छन्।
प्रहरीका अनुसार उनी मेलडाँडा निवासी जितबहादुर तामाङको घरमा आएका थिए। बिहान करिब ८ बजे घरबाट कसैलाई केही नभनी निस्किएका उनी साँझसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।
खोजी गर्ने क्रममा भिनाजुको घरदेखि करिब ८० मिटर पश्चिमतर्फ रहेको बाँसघारीमा पेट्रोल छर्केर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भट्टले जानकारी दिए।