सेनामा जर्नेल अनुपजंग थापाको शक्ति बढ्यो, पाए दोहोरो जिम्मेवारी

सेनामा जर्नेल अनुपजंग थापाको शक्ति बढ्यो, पाए दोहोरो जिम्मेवारी
काठमाडौं भदौ २९ गते। नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। उनी यसअघि नै शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत छन्।
थापालाई दुई महत्वपूर्ण महानिर्देशनालयको जिम्मेवारी दिइनुलाई नेपाली सेनाभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। सैनिक वृत्तमा यो निर्णयलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर चर्चा हुन थालेको छ।भावी प्रधानसेनापतिका लागि थापालाई तयार पारिँदै?
नीति र युद्धकार्य दुवै महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएसँगै उपरथी थापाको सैन्य प्रभाव थप बढेको देखिन्छ। उनलाई भावी प्रधानसेनापतिका लागि तयार पार्ने उद्देश्यले दोहोरो जिम्मेवारी दिइएको चर्चा सैनिक वृत्तमा छ।
थापा आगामी प्रधानसेनापतिको दौडमा बलियो दाबेदारका रूपमा हेरिएका छन्। यद्यपि, उनलाई भावी प्रधानसेनापतिको एकल दावेदार बनाउने निर्णय भएको आधिकारिक पुष्टि भने भएको छैन।
सेनाभित्रको शक्ति समीकरणमा नयाँ संकेत
उपरथी थापालाई दिइएको दोहोरो जिम्मेवारीले नेपाली सेनाभित्रको आगामी नेतृत्व समीकरणबारे चासो बढाएको छ। अब उनको कार्यसम्पादन र आगामी बढुवाले प्रधानसेनापतिको दौडमा कस्तो प्रभाव पार्छ भन्ने विषय चर्चामा छ।