बाराका सवारीधनीको समस्या समाधान गर्न एमाले नेता पौडेलको पहल

बाराका सवारीधनीको समस्या समाधान गर्न एमाले नेता पौडेलको पहल

मनाेज शाह जितपुर बारा भदौ २६ गते:
अमलेखगञ्जदेखि चपुरसम्मका सवारीधनीलाई अब वीरगञ्ज–हेटौंडा धाउनुपर्ने बाध्यता हटाउन माग
अमलेखगञ्ज, पथलैया, सिमरा, जीतपुर, निजगढ, चपुर, डुमरवाना लगायतका क्षेत्रमा ठूलो संख्यामा रहेका मोटरसाइकल, कार, ट्रक, ट्यांकर, सुमोलगायत सवारी साधनको नवीकरणका लागि वीरगञ्ज वा हेटौंडा धाउनुपर्ने बाध्यता अन्त्य गर्न माग गरिएको छ।
पथलैयामा पटके अनुमति दिने यातायात व्यवस्था कार्यालयको अस्थायी शाखा रहेकाले त्यहीँबाटै सवारी साधन तथा ब्लुबुक नवीकरणको व्यवस्था गर्न नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेलले श्रम तथा यातायात मन्त्री शारदा थापा र प्रदेश सचिव रञ्जित यादवसमक्ष विशेष माग गरेका छन्।
मन्त्री थापा र सचिव यादवबाट मागप्रति सकारात्मक जवाफ प्राप्त भएको पौडेलले बताएका छन्। उनले निकट भविष्यमै सेवा विस्तार भएर यस क्षेत्रका हजारौं सवारीधनीले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरेका छन्।
“जनतालाई सामान्य कामका लागि वीरगञ्ज र हेटौंडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” पौडेलको जोड छ।