बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहत

बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहत
स्पर्श खबर जितपुर बारा भदौ १८ गते:

रसुवागढी–भोटेकोशी क्षेत्रमा आएको अविरल बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित नारी शक्ति विकास मञ्चले विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी बुधबार नुवाकोटको आर्मी ब्यारेक पठाएको छ।


संस्थाकी अध्यक्ष आशा दाहालका अनुसार बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितलाई केही भए पनि राहत पुग्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरिएको हो।


संस्थाकी सदस्य सुजाता लामिछानेले भनिन्, “विपत्तिमा परेका नागरिकका लागि थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले संस्था मार्फत राहत संकलन गरी पठाएका हौँ।”
बाराका महिलाहरूले देखाएको यो मानवीय एकताले बाढीपीडितका घाउमा मलहम लगाउने काम गरेको स्थानीयले बताएका छन्।