एमाले मधेस प्रदेश कमिटीमा बाराको दमदार उपस्थितिः ८ नेता मनोनित

एमाले मधेस प्रदेश कमिटीमा बाराको दमदार उपस्थितिः ८ नेता मनोनित
मनाेज शाह जितपुर बारा भदौ १८ गते:

नेकपा (एमाले) मधेस प्रदेश कमिटीमा बाराबाट एकैपटक आठ जना नेताहरू मनोनित भएका छन्। बर्दिबासमा भदौ १४ गते बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले प्रदेशभरिबाट ६० जनालाई कमिटी सदस्यमा मनोनित गर्ने क्रममा बाराका आठ जना नेताले महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।


प्रदेश कमिटी सदस्यमा राजपति देवी जयसवाल, विनोद साह, सुरथ पुरी, आनन्द थामी, एकबहादुर श्रेष्ठ, इश्वर ढकाल, कौशल सिंह र ताराचन्द्र साह मनोनित भएका छन्।
मनोनितमध्ये राजपति देवी जयसवाल मधेस प्रदेशसभा सदस्य हुन्। त्यसैगरी विनोद साह कलैया उपमहानगरपालिकाका नगर प्रमुख तथा सुरथ पुरी निजगढ नगरपालिकाका नगर प्रमुख हुन्।


यस्तै, आनन्द थामी, एकबहादुर श्रेष्ठ, इश्वर ढकाल, कौशल सिंह र ताराचन्द्र साह यसअघि पनि प्रदेश कमिटीमा रहेर पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरिसकेका नेताहरू हुन्।


एमालेले पार्टी संगठन विस्तार, प्रादेशिक संरचना मजबुत बनाउने तथा आगामी राजनीतिक चुनौतीलाई सामना गर्ने उद्देश्यसहित प्रदेश कमिटीलाई थप सशक्त बनाउने अभियानअन्तर्गत नयाँ सदस्य मनोनित गरेको जनाएको छ।


बाराबाट एकैपटक आठ जना नेताको प्रदेश कमिटीमा मनोनयनलाई एमाले बाराको संगठनभित्र ठूलो राजनीतिक महत्वका रूपमा हेरिएको छ।